६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

आज हामी नेपाली शारीरिक सुगठन खेलमामा लामो समय निरन्तरता दिँदै आएका एक अहिर्निश खेलाडी अनिललाल श्रेष्ठका बारेमा चर्चा गर्दै छौ । पिता इन्द्रलाल श्रेष्ठ र माता कमला श्रेष्ठको सुपुत्रका रुपमा वि.सं. २०३४ सालमा काठमाडौंको ठहिटीमा भएको थियो । यद्यपि, उनको मुल थाकथलो भने साँखु, काठमाडौं हो ।

Advertisement

युवा उमेरमा हलिउडका चर्चित अभिनेता अर्नोर्डका खाईलाग्दो र भिमकाय शरीर संरचना र शारीरिक बनावटबाट अभिप्रेरित भई अनिल शारीरिक सुगठन खेल तर्फ आकर्षित हुन थाले । वि.सं. २०४८ सालतिर रु ३०० मासिक भाडामा एक कोठा लिएर केही सामानहरूको जोहो गरेर साथीभाइसँग मिलेर व्यायाम गर्न सुरु गरे । पछि २०५३ सालमा भने गम्भीर जंग रायमाझीले सञ्चालन गरेको बानेश्वर जिमखानामा उनीले सदस्यता लिए । उनको पहिलो शारीरिक सुगठन प्रतियोगिता २०५७ सालमा धरानमा आयोजना भएको मिष्ट्रर पूर्वाञ्चल प्रतियोगिता हो । जसमा उनी ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै तेस्रो हुन सफल भए । सोही साल नेपाल व्यायाम मन्दिरले आयोजना गरेको आठौं धर्मश्री खुला राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुदै ६० केजी तौल समूहमा चौथो हुन सफल भए ।

वि.सं. २०५८ सालमा आयोजित प्रथम मिष्ट्रर बागमतीमा ६० केजीमा छैठौं स्थानमा चित्त बुझाए । ०६३ सालमा आयोजना भएको बागमती बडी बिल्डिङ च्याम्पियनशिपमा उनी ७० केजीभन्दा माथिको समूहमा चौथो भए । वि.सं. २०६८ सालमा आयोजना भएको बाह्रौ धर्मश्री प्रतियोगितामा उनी पुनः ६० केजीमा चौथो स्थान प्राप्त गरे । २०७० सालमा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी ८० केजी तौल समूहमा चौथो भए । २०७१ सालमा आयोजना भएको तेहौ धर्मश्री प्रतियोगितामा उनी ७० केजी तौल समूहमा छैठौं स्थानमा चित्त बुझाए ।

वि.सं. २०७१ सालमा भएको पाँचौं मिस्टर हिमालयलाई उनी आफ्नो शारीरिक सुगठन खेलका यात्राको टर्निङ्ग प्वाइन्टका रुपमा मान्छन् । जसमा हुने ६५ केजी तौल समूहमा स्वर्णपदक लिन सफल भए । विगतका पन्ना पल्टाउँदै उनी भन्छन्, ‘त्यस प्रतियोगिताभन्दा अधि म शारीरिक सुगठनका प्रतियोगिताहरु खेल्नका लागि मात्र खेलिरहेको थिए तर त्यो प्रतियोगिता जित्नका लागि मैले राम्रो तयारी र कडा मेहनत गरेको थिएँ ।’ त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेनु परेन् । वि.सं. २०७२ सालमा हिमालय किङ्गडम बडी बिल्डिङ्ग फडरेशनबाट आयोजित प्रथम मिस्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

वि.सं. २०७३ सालमा आयोजित चौधौ धर्मश्री प्रतियोगितामा उनी ६५ केजी तौल समूहमा रजत पदक प्राप्त गरे । सोहि सालमा आयोजित दोस्रो बुल्समैनमा उनी ६५ केजी तौल समूहमा रजतपदक ल्याउने सफलता पाए । ०७४ सालमा आयोजित छैठौं मिस्टर हिमालयमा ६५ केजी तौल समूहमा उनी चौथो भए । ०७५ सालमा बुटवलमा आयोजित सोह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी ६५ केजी तौल स्वर्णपदक हात पार्दै मिस्टर नेपालको उपाधि लिन सफल भए । अनिलले नेपालमा मात्र नभएर विदेशमा समेत शारीरिक सुगठन प्रतियोगितामा सहभागिता हुने अवसर पाएका थिए ।

वि.सं. २०७२ सालमा थाइल्यान्डमा भएको आठौं विश्व शारीरिक सुगठन प्रतियोगितामा उनी ६५ केजी तौल समूहमा छैठौं भए । २०७३ सालमा पाकिस्तानमा आयोजना भएको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा कास्यपदक प्राप्त गर्न सफल भएका थिए । गम्भीर जंग रायमाझीलाई आफ्नो जिम प्रशिक्षकको रुपमा मान्ने अनिलले झन्डै ६ वर्ष जति वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया समेत पुगेका थिए । त्यहाँ उनले चर्चित जिम ताजमा ट्रेनरका रुपमा काम गरेर अनुभव लिने अवसर समेत पाए । जीवनमा आफुलाई सबैभन्दा खुशी लागेको क्षणको रुपमा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पाकिस्तानमा कास्यपदक प्राप्त गर्दाको पललाई मान्छन् ।

नेपाल सरकारले अन्य खेलको तुलनामा शारीरिक सुगठनलाई खासै चासो नदिएको देख्दा उनलाई निकै दुःख लागेको उनी बताउँछन् । हाल उनी पुरानो बानेश्वर बसोबास गर्छन । उनी जोरपाटीमा आफ्नै लगानीमा सञ्चालित पावर फिटनेश एण्ड जिममा आफु जस्तै प्रतिभाशाली खेलाडी तयारीमा भिडेका छन् । आफ्नो शरीरिक पोजहरु मध्ये साइड चेष्ट उनलाई मनपर्छ ।

प्रतियोगिताको अवधिमा उनको प्रतिदिन डाइटमा चिकेन ब्रेष्ट ८०० ग्राम, अन्डा दशवटा, सागपात २५० ग्राम, माछा २५० ग्राम र ब्राउन राइस २०० ग्राम हुने गर्छ । अनिललाल श्रेष्ठको लामो शारीरिक सुगठन खेल यात्रा तथा यस खेल प्रतिको उनको समर्पण भावको उच्च सम्मान गर्दै उनलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीबाट सम्मान समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट