८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बिनेश जोन्छेको जन्म वि.सं. २०२२ सालमा वंशगोपाल टोल भक्तपुरमा भएको थियो । चलचित्रहरुमा देखाइने द्वन्दका दृष्यहरुबाट प्रभावित भएर सानै उमेरदेखि उनको मोह माशर्ल आर्ट तर्फ गयो । सानै उमेरदेखि खेलमा रुची देखाउनुको साथै केही गरेर देखाउने रहर पलायो । वि.सं. २०३८ सालतिर उनले सितिरियो कराते खेल्न सुरु गरे ।

Advertisement

आफूले जानेको मार्सल आर्टको सिप अन्य खेलाडीलाई पनि बाँड्न थाले । क्रमशः उनको ध्यान शारीरिक सुगठन खेल तर्फ आकर्षित भयो । उनी नेपाल व्यायाम मन्दिरसंग आबद्ध भए । व्यायम मन्दिरमा उनले सरोज श्रेष्ठ र तिर्थ महर्जनसँगै व्यायामका अभ्यास गर्न थाले । वि.सं २०४२ सालदेखि नै उनले आफ्नो लगानीमा भक्तपुरको पहिलो व्यायामशाला मशल बडी बिल्डिङ स्थापना गरे । वि.सं. २०४५ सालमा आयोजित प्रथम मिस्टर भक्तपुरको उपाधि उनले चुम्न सफल भएका थिए । सोही बर्ष उनको व्यायामशाला मशल बडी बिल्डिङलाई राष्ट्रिय खेलकुद परिषदको स्विकृती समेत प्राप्त गरेको थियो ।

वि.सं. २०४६ सालमा आयोजित पावर लिफ्टिङ्ग च्याम्पियनशिप जित्दै मिष्ट्रर पावरको उपाधी समेत उनले प्राप्त गरे । जसमा उनले बेन्च प्रेश तर्फ ११५.५ केजी squat तर्फ १२० केजी र dead lift १३२ गरी कुल जम्मा ३६७.५ केजी भार उचाल्न सफल भएका थिए । मशल बडी बिल्डिङ व्यायामशालाबाट उनले शारीरिक सुगठन खेलका थुप्रै प्रतिभाशाली खेलाडी उत्पादन गरेका छन् । हरिश श्रेष्ठ, रेन बहादुर बासुकला, सुन्दर देउला, गणेश प्रसाद सुवाल, ज्ञानेन्द्र मानान्धर र नरेश दिवाकर जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै स्थापित शारीरिक सुगठनका खेलाडीहरु मशल बिल्डिङ जिमबाट उत्पादन गरेको उनी बताउँछन् । हलिउडका चर्चित अभिनेता अर्नोडको चलचित्रबाट प्रभावित भएर आफू शारीरिक सुगठनमा लागेको बिनेश बताउँछन् ।

उनले वि.सं. २०४६ सालमा शारीरिक सुगठन खेलको राष्ट्रिय निर्णायकका लाइसेन्स प्राप्त गरे । उनको संयोजकत्वमा २०४९ सालमा लियो क्लब भक्तपुरको आयोजनामा मिष्टर भ्याली शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरे । जसमा राजु दिवाकर बिजेता भएका थिए । ०५१ साल समेत आफ्नै अगुवाइमा सोही संस्थाबाट दोश्रो मिष्टर भ्याली शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरे । जसमा सागर ताम्राकार बिजेता भएका थिए । बिनेश जान्छेले २०५० सालमा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सदस्य पदमा मनोनित भए । उनले २०५२ सालमा आफु संस्थापक अध्यक्ष भएर भक्तपुर जिल्ला शारीरिक सुगठन संघको स्थापना गरेका थिए । २०५६ सालमा उनले अन्तर्राष्ट्रिय निर्णयकको लाइसेन्स प्राप्त गर्न सफल भए ।

वि.सं. २०६२ सालमा नेपाल शारीरिक सुगठन संघको केन्द्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएर सफलतापुर्वक जिम्मेबारी निवाह गरेका थिए । भक्तपुर जिल्ला शारीरिक सुगठन संघका वर्तमान अध्यक्ष बाबुकाजी मानान्धर बिनेशका बारेमा चर्चा गर्दै भन्छन्, ‘भक्तपुर जिल्ला शारीरिक सुगठन खेल भित्र्याउने श्रेय बिनेश जोन्छे ज्युलाई जान्छ । मिजासिला निडर स्वभावका उहाँ हाल भक्तपुर जिल्ला संघको सल्लाहकारका रुपमा हामीलाई समय समयमा विभिन्न रचनात्मक सरसल्लाह दिने गर्नुहुन्छ ।’ हाल उनी नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ अन्तर्गतका निर्णयकका रुपमा नेपाल अधिराज्यभरी हुने गरेका विभिन्न शारीरिक सुगठन प्रतियोगिताहरुमा निर्णायक, प्रमुख निर्णायकका रुपमा निर्णयहरु सुनाउने गरेका छन् ।

लामो शारीरिक सुगठनमा उनले गरेको योगदानको मूल्यांकन गर्दै विभिन्न संघसंस्थाले उहाँलाई सम्मान गरिसकेको छ । भक्तपुर नगरपालिका, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ तथा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोट्स फेडेरेसनले समेत उनलाई कास्य पदकले समेत सम्मान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर