७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

रुजेश शाहीको जन्म वि.सं. २०३४ सालमा काठमाडौं- २० कोहिटीमा भएको थियो । उनका पिता ज्ञानरत्न शाही पनि पावर लिफ्ट्रर थिए । जसले २०३८ सालमा भएको प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगितामा रजत पदक जितेका थिए । परिवारीक माहोल नै व्यायाममैत्री भएकाले रुजेशले दाजु रुपेशसँग मिलेर पिताले तालिम लिन जोहो गरेका व्यायाम सामानले १४ वर्षको कलिलो उमेरमै व्यायाम शुरुवात गरे ।

Advertisement

पछि उनी फिटनेस स्टुडियो तिर व्यायाम गर्न थाले । उनको पहिलो प्रतियोगिता आफू ३८ बर्षको हुँदा खेलेका थिए । त्यो प्रतियोगिता २०७१ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा आयोजना भएको पाँचौं मिष्टर हिमालय थियो । जसमा उनी सहभागी भई ६० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्न सफल भए । सोही वर्ष नेपाल व्यायाम मन्दिरबाट आयोजना भएको तेह्रौ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा उनी ५५ केजीमा तौल समुहमा स्वर्ण पदक प्राप्त गर्न सफल भए । वि.सं. २०७१ सालमा सम्पन्न भएको प्रथम बुल्समेन शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै कास्य पदक प्राप्त गरे ।

वि.सं. २०७२ सालमा काठमाडौंमा सम्पन्न १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा उनी प्रथम हँुदै मिष्टर नेपालको उपाधि जित्न सफल भए । रुजेशले आफ्नो जिम प्रशिक्षकका रुपमा शारीरिक सुगठनका चर्चित खेलाडी अर्जुन वर्णवाललाई मान्छन् । रुजेशले स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय प्रतियोगिताहरुमा विदेशमा समेत प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । सन् २०१४ मा भारतको मुम्बईमा आयोजना भएको WBPF 6th World Bodybuilding and Physics Sports Championship मा सहभागिता भई छैटौं स्थान प्राप्त गर्न सफल भए ।

सन् २०१५ मा थाइल्यान्डको बैंककमा आयोजना भएको 7th World Bodybuilding and Physics Sports Championship मा सहभागी भई ५५ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भएका थिए । सन् २०१७ मा मंगोलियामा आयोजित नवौं संस्करणको सोही प्रतियोगितामा ६० केजी तौल समूहमा कास्य पदक हासिल गर्ने सफल भएको उनी बताउँछन् । प्रतियोगिता खेल्न थालेको सानो समयमै विश्व शारीरिक सुगठन प्रतियोगितामा रजत पदक हात पारेको क्षणलाइ जीवनको सबैभन्दा सुखद पलका रुपमा संझन्छन् । खेलयात्राको क्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीलाई उनी आदर्शका रुपमा मान्छन् । उनले देखाएको गोरेटो पछ्याएर नै आफुले सफलता हात पारेको उनी सुनाउछन् ।

रुजेश वि.सं. २०७१ सालदेखि हालसम्म डिभाइन फिजिकल फिटनेशमा व्यायाम प्रशिक्षकका रुपमा क्रियाशील रहेको छन् । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका कोषाध्यक्ष समेत रहेका रुजेशकाबारे चर्चा गर्दै जिल्ला अध्यक्ष सुरेश सुवेदी भन्छन्, ‘हसिलो स्वभावका रुजेश सारै मेहनती खेलाडी हुन् । हामीले मिष्टर काठमाडौं प्रतियोगिताको थालनी गर्नुमा पनि उनको सल्लाहको महत्वपूर्ण हात छ ।’ थोरै समयमा नै उनले शारीरिक सुगठन खेलमा हासिल गरेको उचाईको उच्च मुल्यांकन गर्दै डिभाइन फिजिकल फिटनेश र नेपाल शारीरिक सुगठन तथा फिटने संघद्वारा उनलाई कदर पत्रले सम्मान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल