७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

माता मायादेबी पिता सुर्जेका कान्छा सन्तानका रुपमा काठमाडौंको पकनाजोलमा वि.सं. २०४२ सालमा सुजन तामाङको जन्म भएको थियो । सानैदेखि उनी चित्र कोर्न खुब पराउँथे । विद्यालयमा रंगमा खेल्दै उनले कोरेका चित्रहरुको सहपाठी र गुरुहरूका बिच निकै चर्चा हुने गथ्र्यो । क्रमशः बढ्दो उमेरसँगै उनको आकर्षण फुटबल तिर गयो । मिडफिल्डरका रुपमा उनले स्पोर्टस सेन्टर क्लबबाट थुप्रै प्रतियोगिताहरु समेत खेले ।

Advertisement

एसएलसी परीक्षा पास भए लगत्तै फुपाजु वरिष्ठ कलाकार अमिरमान चित्रकारको सल्लाह अनुसार उनी ललितकला क्याम्पसमा अध्ययन गर्न थाले । घरमा बुबा र दुवै दाजुहरु समेत व्यायाम गर्ने गरेकाले उनको पारिवारिक माहोल नै व्यायाममैत्री थियो । प्रसिद्ध हलीउड अभिनेता सिल्वेस्टर स्टेलोन रेम्बोबाट उनी निकै प्रभावित थिए । उनको मिलेको सुगठित शरीरबाट सुजन अभिप्रेरित भई सानैदेखि घरमा नै व्यायाम गर्न गरेको उनी बताउँछन् । वि.सं. २०६३ सालदेखि भने उनले Perfect Gym बालाजुमा जिम जान थाले ।

प्रशिक्षक गुरु मनोज श्रेष्ठको सल्लाह अनुसार उनले जिम शुरुवात गरेको दुई महिनामै नेपाल शारीरिक सुगठन सुगठन संघको आयोजनामा भएको मिष्ट्रर हिमालय शारीरिक सुगठन प्रतियोगितामा सहभागी भए । उनले ५५ केजी तौलसमूहमा भिडे । यो नै उनको पहिलो शारीरिक सुगठन खेलको प्रतिस्पर्धा थियो । जसमा उनी तौल समुहमा उत्कृष्ट पाँचमा पर्न सफल भए । त्यसपछि पुनः २०६४ सालमा नेपाल व्यायाम मन्दिरबाट आयोजना भएको धर्मश्री प्रतियोगितामा प्रतिस्पर्धा गर्दा छनौट चरणबाटै बाहिरिए । यो घटनाले उनलाई साह्रै निराश बनायो । नैराश्यतामा प्रतियोगितामा सहभागी नहुने मात्र होइन अब देखि व्यायाम नै नगर्ने निष्कर्षमा निकाले । फस्ट्रेसनका कारण तीन वर्षजति जिममा फर्केनन् ।

उता २०६४ सालमा स्नातक तहको चित्रकाला प्रतियोगितामा आयोजना भयो । उनी सहभागी भएर दोश्रो हुन सफल भए । वि.सं. २०६५ सालमा उनी अन्तर क्याम्पस स्तरीय चित्रकला प्रतियोगितामा भयो । जसमा उनी प्रथम हुँदै वर्षको उत्कृष्ट चित्रकार मात्र घोषित भएनन्, पन्थी स्मृति पुरस्कारबाट नगद १० हजार समेत प्राप्त गर्न सफल भए । ललितकला क्याम्पसबाट घर फर्कने क्रममा एकदिन सववेमा एउटा ठूलो बडि बिल्डरको तस्बिर देखेँ । साइबरमा गएर खोजी गर्दा उनी चर्चित बडि बिल्डर जे कट्लर रहेछन् । उनको बारेमा थप खोजी गर्दा कट्लरको संघर्षको कथाले उनलाई निकै मन छोयो । तामाङले नयाँ उर्जा प्राप्त गरे । पुनः परफेक्ट जिमका सञ्चालक रवीन्द्र कपालीको सल्लाह अनुसार नै २०६० सालमा नेपाल व्यायाम मन्दिरमा सदस्य बने ।

त्यसपछि व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान र प्रशिक्षक सुन्दर पोडेको निगरानीमा व्यायाम गर्न थाले । २०६८ सालमा भएको बाह्रौं धर्मश्री प्रतियोगितामा भाग लिए । त्यसमा पनि वजन समुहमा दोस्रो स्थानमा चित्त बुझाएँ । सन् २०११ अक्टोबरमा थाइल्याण्डको बैंककमा हुने ४५ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा सुजन २६ वर्षको कलिलो उमेरमै छनौट हुन सफल भए । जुन खेलमा उत्कृष्ट पाँचमा उनी पर्न सफल भए । सन् २०१२ मा चाइनाको ग्वानंझाउमा आयोजित ४६ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालको तर्फबाट पहिलो एतिहासिक कास्य पदक भित्राउन उनी सफल भए । २०६९ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा आयोजना गरिएको चौथो मिष्टर हिमालयमा ५५ केजी तौल समूहमा प्रथम भए ।

सोही सालमा नेपाल जिम सिद्धार्थनगरको आयोजनामा भएको अम्बुजा मिष्टर नेपालमा उनी ६० केजी तौल समूहमा स्वर्णपदक प्राप्त गरे । २०७० सालमा राष्ट्रिय खेलकुद परिषदबाट नेपालगञ्जमा आयोजित चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी ६० केजी तौल समूहमा मिष्टर नेपालको उपाधि चुम्न सफल भए । सन् २०१४ मा पाकिस्तानको लाहौरमा सम्पन्न दशौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्पर्धा गरेर ५५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्न हात पारे । यसपटक नेपालले टिम च्याम्पियनको उपाधि समेत उचाल्न सफल भयो । २०७१ सालमा पोखरामा भएको प्रथम मिस्टर बुल्सम्यानमा उनि ६० केजी तौल सम्ममा स्वर्ण पदक हात पार्न सफल भए ।

वि.सं. २०७३ सालमा भएको छैठौं मिष्टर हिमालय प्रतियोगितामा उनी ६० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएको उनले बताए । शारीरिक सुगठन खेलसँगै उनको चित्रकला तर्फको रुझान पनि क्रमशः अगाडि बढिरहेको छ । त्यही साल गत अगस्ट महिनामा अमेरिकाको सिकागोमा पहिलो एकल Watercolor Art Exhibition गर्न सफल भएका छन् । उक्त प्रदर्शनी गर्ने अमेरिकी नागरिक Sir Ernest Schiller ले सुजनलाई धेरै सहयोग गरेका थिए । हाल उनी आर्ट शिक्षकका रुपमा थुप्रै स्कुलहरुमा आबद्ध छन् । उनी New Flex and Fitness ढल्कोमा Personal Trainer को रुपमा समेत कार्यरत छन् ।

जिबनमा अत्यन्त दुःखदायी क्षणकाबारे चर्चा गर्दै उनी संझन्छन् । सन् २०१४ सालतिर राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तयारीको क्रममै रहेको बेला अकस्मात् उनको पिताको निधन भयो । सामाजिक संस्कार कर्ममा लागेका बेला उनी अशाध्यै निराश र भावविहाल हुँदै शोकमा हराए । आउदा प्रतियोगिताको तयारी त्याग्ने निष्कर्षमा पुगे तर त्यहिबेला नेपाल शारीरिक सुगठन तथा फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठ र महासचिव दिनेशराज भण्डारी र नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधनले उनलाई सम्झाए र प्रतियोगिता खेल्न लगाए । उहाँहरूकै प्रेरणाबाट उनले खेल जीवनमा पुनः फर्किने निर्णय गरे ।

त्यसलगत्तै भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा सफल भए । उनी भन्छन्, ‘जीवनको आरोह अवरोहमा खेलाडीहरु कहिले काँही निराश हुने सम्भावना हुन्छ । उसलाई सधैं माया र सद्भाव सम्बन्धित माउ संस्थाका रुपमा संघले गरिरहेको हुन्छ ।’ त्यस्तो सत्कर्मका लागि संघका सम्पूर्ण अग्रजहरू प्रति उनी सम्मान व्यक्त गर्न चाहन्छन् । शारीरिक सुगठन खेल मा मात्र नभएर सुजन आफ्नो अर्को रुचि चित्रकलामा समेत सफलता हात पारिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल