ताजा अपडेट »

तिलोत्तमाका दर्जन सामुदायिक विद्यालयमा स्टाफ नर्स

शनिबार, २२ कार्तिक २०७७, १६ : ४९
6 Shares

तिलोत्तमा । तिलोत्तमाका एक दर्जन सामुदायिक विद्यालयहरुमा स्टाफ नर्सको व्यवस्था भएको छ । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियूक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय प्रमुख माधवप्रसाद शर्माले जानकारी गराए ।

विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयहरुमा स्टाफ नर्स नियूक्त गरिएको हो । नगरमा रहेका कुल ४३ विद्यालय मध्ये बाँकी रहेका अन्य सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका रहेको छ । तिलोत्तमामा ३९ वटा निजी विद्यालय रहेका छन् ।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सुरु हुन गइरहेको नर्सिङ स्वास्थ्य सेवाका लागि नगरपालिकाको आयोजनामा तालिम सञ्चालित रहेको छ । २१ गते शुक्रबारबाट सुरु भएको तालिम २४ सोमबार सम्पन्न हुने छ । बालबालिकाहरु रहने विद्यालयमा नर्सको व्यवस्था हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा थप टेवा पुग्ने तिलोत्तमा स्थित श्री शंकनगर दुर्गादत्त मा.वि.का प्रधानाध्यापक चण्डी पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।