७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

आज हामी नाम मात्रै होइन मन बचन र कर्म समेत सुन्दर रहेका सुन्दर पोडेका बारे चर्चा गर्ने जमर्को गरिरहेका छौं । सुन्दरको जन्म वि.सं. २०२६ सालमा भक्तपुरको भेलुखेल भन्ने ठाउँमा भएको थियो । वि.स. २०४५ सालमा भक्तपुरमा आयोजित Mr. Valley शारीरिक सुगठन प्रतियोगिता हेर्न दर्शकका रुपमा सहभागी सुन्दरलाई थाहा थिएन, कुनै दिन यस खेलबाट उनलाई राष्ट्रिय ख्याती मिल्नेछ भनेर ।

Advertisement

सो प्रतियोगिताको रौनकले उनलाई असाध्यै लोभ्यायो । प्रतियोगितामा प्रतापकाजी बरिया, ज्ञानेन्द्र नकर्मी र विकास प्रधान जस्ता राष्ट्रियस्तरका खेलाडीको प्रदर्शनले उनलाई शारीरिक सुगठन खेल तिर लाग्न थप आकर्षण प्रदान गर्यो । उनी भन्छन्, ‘उहाँहरुले देखाउनु भएको डेमोबाट म असाध्यै प्रभावित भए । आफू पनि त्यस्तै राम्रो बडिबिल्डर बन्ने निधोमा पुगे ।’ २०४५ सालमा उनले भक्तपुरमा विनेस जोन्छेले संचालन गरिरहेको मशल बडी बिल्डिङ्ग जिमखानामा जान शुरु गरे । केही महिना पछि उनी नेपालको जेठो जिमखाना नेपाल व्यायाम मन्दिरको सदस्य बने ।

वि.सं. २०४६ साल आयोजना भएको युवा श्री शारीरिक सुगठन प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाए । जसमा उनी दोस्रो हुन सफल भएको बताउँछन् । राष्ट्रिय खेलकुद परिषदद्वारा २०४६ फागुनमा धनगढीमा आयोजना भएको आठौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा बागमती अञ्चलबाट प्रतिनिधित्व गर्दै ५५ केजी तौल समूहमा प्रथम भई मिष्टर नेपालको पदवी जित्न सफल भए । वि.सं. २०४८ सालमा काठमाडौंमा सम्पन्न भएको नवौं राष्ट्रिय प्रतियोगितामा समेत उनी दोस्रो पटक समेत मिष्टर नेपाल बन्न सफल भए । २०४९ सालमा कुसुम यूवा क्लवले आयोजना गरेको Man of Strong Physique शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समुहमा प्रथम हुन सफल भए ।

अन्तिम प्रतिस्पर्धामा उपविजेता भए वापत सर्वमान्य नेता गणेशमान सिहंका हातबाट प्राप्त गरेको नगद पुरस्कार १५०० बाट उनले सुनको सिक्री बनाएर हालसम्म पनि प्रेम पुर्वक लगाउने गरेको मुस्कुराउँदै उनले सुनाए । २०५३ सालमा आयोजित मिष्टर काठमाडौं शारीरिक खुला सुगठन प्रतियोगितामा उनी चौथो स्थान हासिल गर्न सफल भए । २०५४ सालमा उनी बनेपामा आयोजित मिष्टर सगरमाथा शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा दोस्रो हुन सफल भएका थिए । नेपाल शारीरिक सुगठन तथा फिटनेसको संघको आयोजनामा भएको २०५२ सालको मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

वि.सं. २०४९ सालदेखि ५२ सालसम्म तथा ०६० साल देखि हालसम्म पनि नेपाल व्यायाम मन्दिरमा प्रशिक्षकका रुपमा उनी आफु जस्तै खेलाडी तयार गर्न क्रियाशील रहेको देखिन्छन् । विचमा उनले भक्तपुरमा आफ्नो न्याट्पोलो जिम समेत सञ्चालन गरेका थिए । उनी झण्डै १४ वर्ष जति American Mission Association जमलमा समेत प्रशिक्षकको रुपमा कामकाज गरेको उनले बताए । उतिबेला संगीतका तालमा उनले गर्ने पोजिङ्ग धेरैले रुचाएर उनलाई Posing King का उपनामले समेत सम्बोधन गर्ने गरेको उनी बताउँछन् । देशभर हुने शारीरिक सुगठन प्रतियोगिताहरु आयोजकहरुले Guest Poser का रुपमा आफुलाई बोलाउने गरेको उनी संझन्छन् ।

जीवनमा सबैभन्दा बढी खुसी भएको पलका रुपमा धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा आफु मिष्टर नेपाल घोषणा हुँदाको क्षणलाई मान्छन् । प्रतियोगिताको समयमा दैनिकजसो दुई घन्टा नियमित व्यायाम गर्ने गरेका उनी डाइटका रुपमा मासुको किमा फलफूल लगायतका खानेकुरा खाने गरेको उनी बताउँछन् । उनलाई आफ्नो शारीरिक पोजहरु मध्ये सबैभन्दा Most Muscular पोज मन पर्छ । च्याम्पियन नरेश महर्जन सुरेन्द्र देउला र गणेश सुवाल जस्ता खेलाडीहरू समेतलाई उनले प्रशिक्षण दिएका थिए । एक छोरा एक छोरीका पिता उनीले अग्रज सरोज श्रेष्ठ र तीर्थ महर्जनलाई आफ्नो जिम गुरुका रुपमा मान्छन् ।

उनी नयाँ पिढीले शारीरिक सुगठन खेलमा निकै प्रगति गरेकोमा औधी खुसी हुँदै थप प्रगति पथमा लम्किन शुभकामना दिन्छन् । झण्डै पाँच वर्षजति नेपाल शारीरिक सुगठन तथा फिटनेसको संघको कार्यसमितिमा आफुले सदस्यको रुपमा रहेर जिम्मेवारी सम्हालेको उनी बताउँछन् । हाल उनी नेपालीज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस (NFBF) अन्तर्गतका राष्ट्रिय निर्णायक समेत छन् । यस खेलले थुप्रै अन्तर्राष्ट्रिय पदकहरु भित्र्याउदा समेत नेपाल सरकारले शारीरिक सुगठन खेललाई वेवास्ता गरेको प्रति उनको निकै दुखेसो छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल