ताजा अपडेट »

उमेश राई सातौ मिस्टर हिमालय बिजेता (२०७६)

शुक्रबार, १४ कार्तिक २०७७, १९ : ००
10 Shares

यसोमती र राम बहादुरका कान्छा सुपुत्रका रुपमा उमेश राईको जन्म वि. स. २०४० सालमा झापा बार्हदसी- ६ मा भएको थियो । उनले दाइ राजुले व्यायाम गरेको देखेर उनलाई पनि व्यायाम गर्ने रहर जाग्यो । २०५९ सालदेखि झापाको मेची जिमबाट उमेशले व्यायाम गर्न सुरुवात गरे । २०६५ सालमा आयोजित प्रथम मिस्टर झापा उनको पहिलो शारीरिक सुगठन प्रतियोगिता थियो । जसमा ६५ के.जि तौल समुहमा बिजेता बन्दै मिष्टर झापाको पदबी जित्न सफल भएका थिए ।

बैदेशिक रोजगारका लागि २०६९ सालमा उनी कुवेत पुगेका थिए । जहाँ उनले सार्क फिट्नेसमा ट्रेनरका रुपमा ७ बर्ष काम गरे । त्यसपछि बिश्व प्रसिद्ध कुबेतको अक्सिजन जिममा ट्रेनर भएर अनुभव संगाल्ने अवसर पाए । २०७३ सालमा नेपाल व्यायाम मन्दिरको आयोजित १४औ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहबाट विजेता बन्दै फाइनल चरणमा उपबिजेतामा चित्त बुझाए । २०७५ साल भाद्र २ गते सम्पन्न दोस्रो एभरेष्ट राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा सहभागी भएर उनले प्रतियोगिताको उपाधि चुम्न सफल भएका थिए ।

वि. स. २०७६ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना भएको मिस्टर हिमालय प्रतियोगिताको उनले उपाधि हात पारेका थिए । ७५ केजीभन्दा माथिको तौलका उनले ओभरअलमा अन्य ५ प्रतियोगीलाई पछि पार्दै उपाधि सहित २ लाख ५० हजार रुपैयाँ र थाइल्यान्ड आतेजाते हवाई टिकट पुरस्कार पाएका थिए । अन्तिम चरणमा ५५ केजीका किसनदास दिवाकर, ६० केजीका डेविड बलामी, ६५ केजीका श्री थापा मगर, ७० केजीका रमेश कार्की, ७५ केजीका नरेश मालाकार उनले पन्छाएका थिए ।

हरेक तौलका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो १० हजार रुपैयाँ पाए । महिला एथलेटिक्स फिजिक्समा रजनी श्रेष्ठ विजेता भइन् । प्रथम जुनियर पुरुष शारीरिक सुगठनमा कृष्ण महर्जन विजेता भए । पुरुष एथलेटिक्स फिजिक्सको उपाधि विश्वराम केसीले जिते । पुरुष स्पोर्टस फिजिक्सको विजेता प्रमोद राई भए । यही साल आयोजना भएको नेपाल च्याम्पियनको समेत उनी उपाधि चुम्न सफल भएका थिए ।

उमेश राईले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका समेत शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाएका छन् । २०७५ सालमा नेपालमा आयोजना भएको प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा भारत लगायत अन्य देशका खेलाडीहरुलाई पछि पार्दै दक्षिण एसियाली च्याम्पियन बन्न सफल भएका थिए । २०१९ मा कुवेतमा भएको कुवेत कल्लासिक मा ८० केजी भन्दा माथि वजन समुहमा ५ औ स्थान हासिल गरेका थिए । त्यही साल आयोजना भएको नेपाल च्याम्पियनको समेत उनी उपाधि चुम्न सफल भएका थिए ।

उनलाई उत्कृष्ट पुरुष खेलाडीका रुपमा झापा स्पाेट्स अवार्ड २०७५‌ ले सम्मानित समेत गरिसकेको छ । हाल उनी बिर्तामोडमा बसोबास गर्दै आएका छन् उनि आजभोलि पनि नियमित रुपमा बिर्तामोड स्थित ग्यालेक्सी फिट्नेसमा पसिना बगाउँदै गरेको भेटिन्छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार