November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

दाङमा छोराले गरे बाबुको हत्या

579

दाङ । दाङमा छोराले आफ्नै बाबुको हत्या गरेका छन । जिल्लाको बंगलाचुली गाँउपालीका वडा नम्बर २ बस्ने बर्ष २२ विरबहादुर विकले बाबु बर्ष ४५ का वालाराम विकलाई घरको तलाबाट धकेलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सामान्य घरायसी विवादमा छोराले बाबु र आमालाई घरको तलाबाट धकेलेपछि बाबुको भने घटनास्थलमै ज्यान गएको प्रहरी प्रवत्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन ।

गयराती भएको घटनाबारे जानकारी पाए लगत्तै ईप्रका कमिरेचौरबाट गएको प्रहरीको टोलीले छोरा विरबहादुरलाई आज विहान पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी खड्काले जानकारी दिएका छन ।

पछिल्लो अपडेट