ताजा अपडेट »

आठ महिनामा ५५० बढी कामदार बाकसमा फर्किए

विहीबार, २८ चैत्र २०७५, १० : ४२
6 Shares

चैत २८,

काठमाडौं । वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदार मध्ये यो वर्ष साउन देखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६ र महिलाको संख्या १७ ) रहेको छ ।

विगत ८ महिनाको अवधिमा मलेसिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ । मलेसियामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनु परेको छ ।

साउदी अरेबियामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जनाले ज्यान गुमाएका छन् ।

अघिल्लो आर्थिक वर्ष (२०७४/२०७५) ८ सय १८ जना कामदारको मुत्यु भएको थियो । गत साल पनि मलेसिया जाने नेपाली कामदारकै सबैभन्दा बढी (२ सय ८९ जना) को मृत्यु भएको थियो ।

खाडीका देश मध्ये मलेशिया, कतार, साउदी अरेबियामा धैरै नेपालीहरु कामका लागी जाने गर्छन् । ती देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा कार्यरत धैरै नेपालीको सवारी दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु हुने गरेको उक्त बोर्डको तथ्याङ्कले देखाएको छ । -नेपाल समाचारपत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।