१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नवलपरासीको रामग्राम नगरपालिका ७ देउरवाका प्रदिप चमार बिहानको ७ नबज्दै परासी बजार, बर्दघाट, भुताहा, भुमह देखि भारतीय सिमाना महेशपुर बजारसम्म चाउमिनको बेच्न पुग्छन् । दिन भरी ताजा चाउमिन उत्पादन गर्ने र अर्को दिन बिहानपख गाउँघरका स्थानीय होटलदेखि बजारका ठुला व्यवसायीकहरूका होटलमा पुगेर चाउमिन बेच्दै उनको दैनिकी बित्छ । पहिला बिना काममा गाउँमा डुल्ने प्रदिपलाई गाउँलेहरू उदाहरणीय पात्रको रूपमा लिने गरेका छन्।

करिब ११ महिना भयो, उनी आफ्नै पौरखमा लागेको, करिब दश वर्ष पहिले काम खोज्दै जाँदा उहाँ बुटवलको एक चाउमिन उद्योगमा काम पाएपछि यस विषयमा सिप विकास भएको उनले बताउन्छन् । बुटवलको चाउमिन उद्योगमा मासिक २६ हजार रुपैयाँको तलब छाडेर आफ्नै उद्योग सञ्चालन गरे । बुटवलबाट पुराना उपकरणहरू खरिद गरी गाउँमै उद्योग सञ्चालन गर्दा आजभोलि उहाँको उद्यमशीलता लगनशीलता देखेर गाउँका मान्छे छक्कै पर्छन्, रोजगार छैन, काम छैन, कमाई छैन भनेर सयौ गाउँका युवा विदेशीरहेको अवस्थामा उदाहरणका रूपमा २९ वर्षीय प्रदिपले देउरवा गाउँमै “माँ पाल्ही भगवती चाउमिन तथा सस उद्योग “खोलेर मासिक मासिक ५० हजार सम्म आम्दानी गरेका छन् ।

करिब ३ लाखको लागतमा उद्योग स्थापना गरी गाउँमै ताजा चाउमिन उत्पादन गर्न सुरु गरेको उनले आफूसहित आफ्ना सातजनाको परिवार पाल्न सफल भएका छन्। ‘अहिले दैनिक एक कुन्टल मैदाबाट बनेको चाउमिन बिक्री गरिरहेको छु ’-चमारले भने । चाउमिन प्रतिकिलो रु ६५ मा बिक्री भइरहेको छ । उद्योगले दैनिक ४० किलोदेखि १०० किलोसम्म चाउमिन उत्पादन गर्छ । २ लाख ५० हजारको लगानी गरेर, पीठो पेल्ने मेसिन, मिक्चर लगायतका बुटवलबाट उपकरणहरू खरिद गरी सुरु गरेको सो उद्योगबाट मासिक करिब करिब ५० हजारसम्म आम्दानी हुने गरेको छ । ‘ छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ । घर परिवारका सदस्यलाई पनि कामको व्यस्तता बढेको छ ।’–उनले भने ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण