५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

अशोक महर्जनको जन्म वि.सं. २०३६ सालमा काठमाडौं- २६ तहनानीमा भएको थियो । साथीहरूको संगतमा लागेर उनले व्यायाम गर्न सुरु गरे । व्यायाम गरेर शरीर सुगठित बनाएका उनी साथीहरुका सल्लाह मान्दै २०६२ सालतिर उनी वैदेशिक रोजगारीका लागि जिम ट्रेनरका रुपमा साउदी अरबतिर लागे । झण्डै सात वर्ष जति त्यहाँ काम गरेपछि उनी नेपाल फर्किए ।

Advertisement

उनको पहिलो शारीरिक सुगठन प्रतियोगिता नेपाल व्यायाम मन्दिरद्वारा आयोजित दशौं धर्म श्री शारीरिक सुगठन प्रतियोगिता थियो । वि.सं. २०६१ सालमा आयोजित मिस्टर बागमती शारीरिक सुगठन प्रतियोगितामा उनले ७० केजी तौल समूहबाट प्रतिनिधित्व गर्दै कास्य पदक जित्न सफल भएका थिए । यस खेलमा यो उनको पहिलो पदक थियो । धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको १३ औं, १४ औ र १५ औं संस्करणमा समेत उनले लगातार सहभागिता जनाए ।

२०७१ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा भएको पाँचौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा उनी सहभागी भएर रजत पदक प्राप्त गरेको उनी बताउँछन् । काठमाडौं जिल्ला शारीरिक सुगठन संघको आयोजनामा वि.सं. २०७३ भाद्र २५ गते भएको प्रथम Mr. Kathmandu शारीरिक सुगठन प्रतियोगितामा उनी ७० केजी तौल समूहमा भाग लिँदै कास्य पदक जिते । वि.सं. २०७३ चैत्र २५ गते नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित छैठौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ८९ प्रतिस्पर्धालाइ पछि पार्दै अशोक च्याम्पियन बनेका थिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगितामा उनी पुरुष ७५ केजीमा पहिलो हुँदै फाइनल राउन्डमा प्रवेश गरेका थिए । उनले फाइनलमा अन्य ५ तौल समूहका विजयी खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । जसमा कमल भण्डारी ५५ केजी, सुजन तामाङ ६० केजी, रोजिन बज्राचार्य ६५ केजी, रामबहादुर दाहाल ७० केजी र ग्रिस महर्जन ७५ केजीमाथि लाई उनले पन्छाएका थिए । यहि संस्करण देखि त्यस प्रतियोगितामा महिला र फिजिक्स विधा समेत थप गरिएको थियो । फिजिक्स विधा पुरुष फिट्नेसको १७० सेन्टीमिटर उचाई मुनि विशुराम केसी पहिलो र १७० सेन्टीमिटर माथि रतिश वज्राचार्य पहिलो भएका थिए ।

महिला एथलेटिक फिजिकको खुला उचाई समूह तर्फ जुनु श्रेष्ठले स्वर्णपदक हात परेका थिइन् । च्याम्पियन बनेका अशोकले २ लाख ७५ हजार रुपैयाँ पाएका थिए । प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो भएका खेलाडीलाई पदकसहित २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदबाट सम्मानित भएका थिए । उनले ७५ केजीमा पहिलो भए बापत थप २५ हजार प्राप्त गरे ।

वि.सं. २०७५ मा बुल्समेन पोखराको आयोजनामा पोखरामा भएको तेस्रो बुल्समेन शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा सहभागी भएर उनले कास्य पदक प्राप्त गर्न सफल भए । अशोक महर्जनले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका समेत शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाएका छन् । जसमध्ये २०१७ मा कोरियामा सम्पन्न ५१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनी ७० केजी तौल समूहमा सहभागी भई दसौं स्थान प्राप्त गर्न सफल भए ।

वि.सं. २०७६ काठमाडौंमा सम्पन्न १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा उनले कास्य पदक हात पारेका थिए । हाल काठमाडौं १५ चमतिमा बसोबास गर्ने उनी प्रोटिन हाउस साइट्रेक न्युट्रिसनको ब्रान्ड एम्बेसडर हुन् । शारीरिक सुगठनमा लागेर उनले गरेको योगदानको सम्मान गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ तथा काठमाडौं जिल्ला शारीरिक सुगठन संघले उनीलाई सम्मान समेत गरिसकेको उनी बताउँछन्।

हाल उनी द वर्क आउट स्टेशन र बज्र ननिता व्यायामशाला ट्रेनरका रूपमा कार्यरत छन् । आफ्नो शारीरिक पोजहरु मध्ये उनलाई साइड चेष्ट मन पर्छ । अफ सिजनमा घरमा पाकेका सामान्य खाना रुचाउने उनी गेम सिजनमा भने दैनिक अण्डाको सेतो भाग बिस बट्टा, हरियो सागपात गेडागुडी, चिकेन ब्रेष्ट पिस र भात २०० ग्राम खाने गरेको बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ