२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

भैरहवा । बाराकी अन्दाजी १२ वर्षिय बालिका हिना (नाम परिवर्तित) आमासँग रिसाएर भारत भागिन् । आमासँग भएको सामान्य विवादमा भारत पुगेकी हिनाको भाग्य राम्रो रहेकोले उनी भारतीय बाल कल्याणद्वारा सञ्चालित बाल आश्रममा पुगिन् । र त्यहाँबाट उद्धार गरिएर अहिले नेपाले पुगेकी छिन् । नवलपुरका १६ वर्षिय भरत (नाम परिवर्तित) भने कसैसँग रिसाएर हैन अभिभावककै चाहना अनुसार भारत कामको खोजीमा पसेका थिए । लकडाउनकै बीचमा उनि सहित १८ जना बालकहरु कामको खोजीमा ठुठिबारी नाकाबाट भारत छिरेका थिए ।

Advertisement

भारत छिरेका कतिपयका बाबुआमाले बाध्यताबस पठाएका थिए भने कति जना त बिद्यालय बन्द रहेकोले काम गर्न जाने थिए । यिनिहरुको भाग्य राम्रो थियो १९ जनाकै उद्धार भएर अहिले नेपाल फिर्ता भएका छन् । भाग्य राम्रो भएका बालबालिकाहरुको उद्दार भए पनि सबै जनाको भाग्य यति राम्रो हुँदैन । कतिपय नेपाली बालबालिकाहरु होटल लगायतमा तल्लो दर्जाको काम पाए पनि अधिकांशको भने अङ्ग निकाल्नको लागि भारत लैजाने गरिएको प्रहरीको भनाई छ ।

‘बालबालिका भए पनि यिनिहरुको मृगौला राम्रै हुन्छ, आँखा राम्रै हुन्छ ।’ उद्धारकर्ताको भनाई थियो । अङ्ग निकाले पछि पनि बालबालिकालाई त्यत्तिकै छोडिन्न उनिहरुलाई ‘बेगर माफिया’को जिम्मा लगाएर आजिवन भिख माग्ने बनाउने गरिएको छ । यस अर्थमा पनि उद्धार गरिएको बालबालिकाको भाग्य राम्रो भनिएको हो । यस्तै राम्रो भाग्य भएका नेपालबाट बिभिन्न बहानामा भारत पु¥याईएका २४ जना बालबालिकाको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ ।

दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको सहयोगमा ती बालबालिकाको उद्दार गरी मंगलबार रुपन्देहीको बेलहिया नाकाबाट नेपाल ल्याइएको हो ।
उद्धार गरिएकामध्ये १९ जना बालकलाई असोज ११ गते नवलपरासीको ठूटीबारी नाकाबाट ४ जना नेपाली एजेन्टहरुले रोजगारीका लागि भन्दै दिल्ली लैजाने क्रममा भारत उत्तर प्रदेशको गाजियावादबाट उद्दार गरिएको थियो । उनिहरु मध्ये अधिकांश अभिभावककै सहमतिमा भारत काम गर्न गएको बुझिएको छ । ४ जना बालिकालाई करिब तीन महिना अघि कानपुर र हरियाणाबाट आफन्त नेपाल संस्थाले उद्धार गरेर आश्रममा राखेको थियो । अर्का एक जना बालकलाई ५ महिना अघि उद्धार गरी गाजियाबादको आश्रममा राखिएको थियो ।

पूर्वि नवलपरासीका १८ जना बालकहरुलाई ठूटिबारी नाका हँुदै एउटै बसमा भारत गएको देखेपछि कसैले आफन्त नेपाल भन्ने संस्थालाई फोनबाट बालबालिका बारे जानकारी दिएको थियो । सोही जानकारीको आधारमा उक्त बस पछ्याउदै जादा १९ जना बालकहरुको उद्धार गरिएको आफन्त नेपालका रेस्क्यू अफिसर नविन जोशीले जानकारी दिए । ‘जानकारी आए पछि पिछा गर्दै गयौ र उत्तर प्रदेश तथा दिल्लीको सीमामा उनिहरुलाई बसबाट ओर्लिने क्रममा नियन्त्रणमा लिईएको हो ।’ जोशीले भने ।

भारतीय प्रहरी, भारतीय बाल कल्याण समिति र आफन्त नेपालको सहयोगमा उद्दार गरिएका बालबालिकालाई सलाम बालक ट्रष्टमा राखिएको थियो । उनिहरु संग आवश्यक सोधपुछ र अभिभावक बारे जानकारी लिई सकेपछि उनिहरुलाई भारतमा रहेको नेपाली दूतावासका समन्यवयमा नेपाल ल्याईएको हो । भारतीय प्रहरीको सहयोगमा पिछा गरी गाँजियावादबाट १९ जना बालकलाई उद्धार गरेका गरिएको दिल्लीमा रहेको नेपाली दूतावासको काउन्सुलर समेत रहेका नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले जानकारी दिए । उनले सोही आश्रममा ५ महिना देखी रहेका अन्य एक जनालाई पनिसँगै नेपाल ल्याइएको बताए । उनले बेचविखनको क्रममा पक्राउ परेको ४ जना नेपालीलाई थप अनुसन्धानको लागि भारतीय प्रहरीको जिम्मा लगााइएको जनाए ।

पक्राउ पर्नेहरु अनुसन्धानकै क्रममा रहेकोले उनिहरुको नाम भने प्रहरीले बताउन मानेन । पक्राउ पर्नेहरु मध्ये १ जना महिला र ३ जना पुरुष रहेका छन् । यस्तै भारतमै रहेका अन्य ४ जना बालबालिका गरि जम्मा २४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकाहरु महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधिहरुलाई जिम्मा लगाइएको छ । मन्त्रालयको मानव बेचविखन शाखाकी प्रमुख सहसचिव गोमादेवी ढकालले केही बालबालिकाको बेलहिया नाकाबाटै आफन्तको जिम्मा लगाइएको र केहीलाई रुपन्देही प्रहरीमार्फत र बाँकीलाई नवलपुर प्रहरी कार्यालयमा लगेर आफन्तको जिम्मा लगाइने बताइन् ।

उद्धार गरिएकामध्ये १८ जना बालकहरु नवलपुर जिल्लाका हुन् । यस्तै १ जना दाङ र अर्का बालक सुर्खेतका रहकेका छन् । यस्तै ४ बालिका मध्ये २ जना बाराका हुन् भने १ जना रुपन्देही र अर्की पर्वतकी हुन् । उनीहरुको उमेर १२ देखि १७ वर्षसम्म रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता