५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

वि.सं. २०३८ सालमा काभ्रेमा रामहरि खनालको जन्म भएको थियो । दधिलाल र नन्दकुमारीको सातौँ सन्तान मध्ये कान्छा उनी सानोमा निकै दुब्ला पातला थिए । अध्ययनका लागि २०६२ साल तिर खनाल काठमाण्डौं छिरे । प्रसिद्ध बलिउड चलचित्र अभिनेता आर्नोल्डको चलचित्रबाट प्रभावित भएर शारीरिक सुगठन तर्फ लागेको रामहरी बताउँछन् । २०६२ सालबाट उनले नेपाल व्यायाम मन्दिरमा व्यायाम गर्ने शुरु गरे । समाजशास्त्रमा स्नातकोत्तर गरेका खनालले शारीरिक सुगठन खेललाई आफ्नो रुचिका रुपमा लिन्छन् । उनले जापानबाट नेपाल घुम्न आएकी चित्रकार जापानी युवती अकिमीसँग प्रेम विवाह गरेका थिए । हाल उनहरुको एक छोरो समेत छ ।

Advertisement

रामहरिको पहिलो प्रतियोगिताका २०६३ मा भएको दोश्रो मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता थियो । पहिलो प्रतियोगितामा नै उनी प्रिजजिङ्ग चरण पार गर्दै ६५ केजी बजन समुहमा पाचौं स्थान प्राप्त गर्न सफल भए । रामहरिले ०६३ सालमा भएको तेश्रो र ०६६ सालमा चौथो संस्करणको मिस्टर हिमालयमा पनि सहभागिता जनाएका थिए । उनले तेश्रोमा ६५ केजी र चौथोमा ६० केजीमा खेल्दा दुवैमा आफ्नो तौल समूहमा रजतमा चित्त बुझाउनु परेको उनले बताए ।

वि.सं. २०७१ सालमा शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित पाचौं मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा पहिलो हुँदै शिर्ष उपाधी समेत खनालले चुम्न सफल भएका थिए । विभिन्न ६ तौल समूहमा ६५ जना पुरुष खेलाडीले सहभागिता रहेको सो प्रतियोगितामा उपाधि जित्ने क्रममा खनालले अन्य विभिन्न ५ तौल समूहमा पहिलो भएका सुरेश गुरुङ (५५ केजी), रुजेश शाही (६० केजी), अनिललाल श्रेष्ठ (६५ केजी), ज्ञाननारायण महर्जन (७० केजी) र सुशील नेवा(७५ केजी माथि) लाई पछि पार्दै उक्त उपाधी जितेका थिए । उपाधिसँगै उनले २ लाख रुपैयाँ हात पार्नुको अलावा ७५ केजी समूहमा पहिलो भए बापत थप २५ हजार नगद पनि जितेका थिए । खनाल भन्छन, “शारीरिक सुगठन खेल र व्यापारलाई सन्तुलित तरिकाबाट अगाडि बनाएको हुँदा अन्य शारीरिक सुगठन खेलाडीहरुलाई जस्तै मलाई डाइट खाने समस्या भने परेन ।”

काठमाडौंमा फेन्ड्ली पस्मिना एक्सपोर्ट नामक पसलका उनी सञ्चालक हुन । उनको पस्मिना सल युरोप, अमेरिका र एशियामा निकै लोकप्रिय रहेको उनी सुनाउँछन् । २०७१ सालमा र २०७३ पोखरामा आयोजित प्रथम र दोश्रो संस्करणको मिस्टर बुल्सम्यान राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता क्रमशः ६५ केजी र ७० केजीमा उनि प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषदद्वारा २०७२ सालमा आयोजित १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहबाट उनले मिष्टर नेपालको पदवी प्राप्त गरे । नेपाल व्यायाम मन्दिरबाट आयोजना हुने धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १२औं, १३औ, १४औ संस्करणमा सहभागी भएर क्रमशः ६० केजीमा कास्य, ६५ केजीमा रजत र ७० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएको उनी बताउँछन् । २०७३ सालमा आयोजित प्रथम नेपाल च्याम्पियन प्रतियोगितामा उनी ७० केजी तौल स्वर्ण पदक जित्दै अन्तिम प्रतिस्पर्धामा उपविजेता हुन सफलता पाएका थिए ।

काभ्रे निवासी रामहरि आफ्नो साथी अर्जुन वर्णवाललाई नै आफ्ना प्रशिक्षक मान्दछन् । आफ्नो खेल जीवनमा प्राप्त भएका सफलताका श्रेय उनी प्रशिक्षक वर्णवाल र नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान दिन चाहान्छन् । खनालले थुप्रै राष्ट्रियसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए । सन् २०१४ मा भारतको मुम्बइमा भएको WBP को आयोजनामा भएको छैटौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप उनको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो । जसमा रामहरि छनौट चरण पार गर्दै ६० केजी तौल समूहमा चौथो भएका थिए ।

सन् २०१५ मा थाइल्याण्डका बैंककमा भएको सातौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा समेत सहभागी भएको उनी बताउँछन् । सन् २०१६ मा हङकङमा आयोजित भएको Arnold Classic मा उनी ७० केजी तौल समूहमा सातौं स्थान हासिल गर्न सफल भएका थिए । सन् २०१६ मा आयोजित Amateur Olympia Asia शारिरीक सुगठन प्रतियोगितामा खनालले पाँचौ स्थान प्राप्त गर्न सफल भएका थिए ।

सन् २०१९ मा चिनमा भएको ६१ औं Asian Games मा ७० केजी तौलसमूहमा उनी पाचौं स्थान हासिल गर्न सफल भएको उनी बताउँछन । अन्य समयमा सामान्य आहार लिने खनाल प्रतियोगिताका तयारी अवधिभर खानामा विशेष सावधानी अपनाउँछन् । सो समयमा भेजिटेवल शुप उसिनेको कुखुराको मासुबाट शुरु हुने उनको बिहानी डाइट प्लानमा च्याउ, कुरिलो, ब्रोकाउली, शकरखन्ड्, गाजर र मुलाको शलाद दिउँसो तथा रातिको खानामा बिस बट्टा अन्डा, चिकेन व्रोष्ट र एभोगाडो सामेल हुने गरेको उनी बताउँछन् । आफ्नो शारीरिक पोज मध्ये उनलाई थाइ र डवल वाइसेप्स मनपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ