२३ असार २०७९, बिहीबार

Jul 7, 2022

टीकापुर । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् । 

Advertisement

बर्खे धानबालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि तुहिने सम्भावना बढेको छ । तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डिएपी नपाउँदा उत्पादन नहुने हो कि भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताए।

“मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन”, उनले भने, “मानिसले वस्तुभाउ पाल्न पनि छाडिसके, वस्तुभाउको मल पनि पाउन सकिँदैन । यस्तो बेला कसरी खेती गर्नु रु”

खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत बाध्यताजस्तै बनिसकेको छ ।

हिउँदे बालीअन्तर्गत गरिने खेती र तरकारी बालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदे बालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिंह खड्काले बताए। “बजारमा मल नै छैन, किसानका लागि आवश्यक मल, बीउ र सिँचाइ सहज पाए पो खेतीपातीमा मन लाग्छ ।”

सुभाष विकले विगतका वर्षमा खेतीका लागि आवश्यक मल भारतबाट ल्याउथे । यस वर्ष सीमानाकामा कडाइ गरिएका कारण उनले पनि मल पाएनन् । “गतवर्ष सहजै भारतबाट मल ल्याइयो, यो वर्ष बर्खे खेतीका लागि पनि मल पाइएन”, उनले भने, “मैले त यस वर्ष मल नपाएकै कारण सबै खेतमा मसुरो छरेको छु । मसुरोका लागि मल नभए पनि खासै असर गर्दैन ।” विकले करिब एक बिघामा व्यावसायिक तरकारी खेती गर्थे । यस वर्ष उनले आफूलाई खानका लागि मात्रै तरकारी लगाउने तयारी गरेका छन् । 

कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डिएपी मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीसँग ३०० टन पोटासबाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताए ।

“किसानले अहिले पाउने अवस्था छैन, हामीसँग युरिया र डिएपी मलको मौज्दात शून्य छ”, उनले भने, “किसानका लागि आवश्यक मल माग भइरहेकाले तोरी र गहुँ खेतीका लागि दशैँपछि मात्र युरिया र डिएपी मल उपलब्धता हुनेछ ।”

कृषि सामग्री कम्पनीले रु एक हजार ६५२ मा युरिया, रु चार हजार ५५२ मा डिएपी मल विक्रेता सहकारीलाई दिने र उक्त वितरकले रु एक हजार ८०० मा युरिया र रु चार हजार ८०० मा डिएपी बेच्नुपर्ने  बोगटीले बताए ।

कम्पनीले तोकेको मूल्यभन्दा बढीमा बेच्न पाइँदैन तर पहिल्यै मल मौज्दात राखेका केही कृषि सहकारीले ढुवानीको कारण देखाउँदै तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन् । स्थानीय तहले मलको बिक्री वितरण, मूल्यमा एकरुपता, अनुगमन गर्न निर्देशिका जारी गरी कार्यान्वयन गर्नु अतिआवश्यक रहेको किसानको माग छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन