ताजा अपडेट »

पन्ध्रौ धर्मश्री विजेता (२०७५) : मिलन विक्रम सिजापती

आइतबार, ०२ कार्तिक २०७७, १८ : ००
42 Shares

२५ वर्षयता शारीरिक सुगठन खेलमा लागिपरेका छन्, ४२ वर्षीय मिलन विक्रम सिजापती । छाती ४७, बाइसेप्स १९, लेग्स २६ इन्च । सामान्य मानिसभन्दा मिलनको शरीर ठूलै देखिन्छ । छाला पनि अत्याधिक गोरो भएकाले उनलाई नचिन्ने धेरैजसो मानिसले झट्ट देख्दा उनलाई विदेशी ठान्छन् ।

ललितपुर लेलेमा वि.सं. २०३४ सालमा जन्मिएका मिलन युवा अवस्थामा हलिउडका नायक भेनडमको लोभलाग्दो शरीर देख्दा आफुले पनि यस्तै बनाउने अठोट गरेको उनी बताउँछन । ‘शरीर त मैले जीम गरेर बनाएको हो तर छाला जन्मजात यस्तै हो’, कारण खुलाउँदै उनले भने, ‘डाक्टरले भनेको मेरो छालामा मेलानिनको मात्रा कम छ रे !’ जे होस् अन्य मानिसभन्दा भिन्न देखिदा नयाँनयाँ अनुभव बटुल्न पाईने उनले बताए ।

बाटोमा हिँड्दै गर्दा नेपाली बुझ्दैन भनेर कोही त ठूलै आवाजमा उनको शरीरको चर्चा समेत गर्छन् । भन्छन्, ‘ओइ हेर् न यो खैरेको ज्यान कत्रो !’ कहिलेकाहीँ उनीहरुलाई आफू नेपाली भएको बताए पनि कहिले भने उनीहरुको कुरा सुनेर नबुझेझैं गर्दै आफ्नो प्रशंसाको आनन्द लिने मिलन सुनाउँछन् । तर, आफूलाई नेपाली नै नमान्ने भएकाले धेरैचोटी मन्दिर, पार्क, सभासमारोहमा नागरिकता, लाइसेन्स देखाएर परिचय दिनुपर्दा मिलनलाई दिक्क लाग्छ । ‘परिवारसँग पशुपति जाँदा समेत विदेशी भनेर गेटमै रोक्यो’, उनले थपे, ‘परिवारले भन्दा पनि नपत्याएपछि लाइसेन्स देखाएर बल्ल छिर्न पाएँ ।

आफ्नो विगतका स्मरण सुनाउदै उनी भन्छन, “१२ वर्षको हुँदा मलाई टाइफाइट भयो, हेलचेक्राई गरेँ । टाइफाइट बिग्रिएपछि मुटुमा समस्या देखा परेर Rheumatic Heart Disease बाट प्यारालाईसिस समेत भयो । “हातखुट्टा नचलेपछि उनी लामो समय बेडमै सीमित भए । ‘जीवनको मुश्किल समयमा परिवार र आफन्तको साथ पाएँ,’ उनी भन्छन्, । उहाँहरु मेरो भविष्यमा के होला भनेर चिन्ता गर्नुहुन्थ्यो । उहाँहरूको माया मलाई दया लाग्न थाल्यो । दयाले पीडा दिन्थ्यो । त्यही बेला केही गर्छु भन्ने अठोट लिएँ ।’ तर, डाक्टरले मुटुको अप्रेशन गर्ने सुझाव दिँदै भने, ‘कुनै पनि भारी चिज नउचाल्नू । आगोको नजिक नजानू ।’

उपचारका लागि उनलाई पेन्सुलिन १२ लाख नामक इन्जेक्सन नियमित लगाई रहनु पथ्र्यो । निरन्तरको उपचारपछि मिलन विस्तारै हिँड्न सक्ने भए । प्यारालाइसिस हुँदा बेडमा गरेको अठोटले उनलाई झकझकाइरहन्थ्यो । उनलाई शारीरिक सुगठन खेल मन पथ्र्यो । त्यही खेलमार्फत केही गर्ने सोच बनाए । तर, परिवारले मानेन् । ‘शारीरिक अवस्था प्रतिकूल छ, कसरी खेल्छौ,’ भन्नुहुन्थ्यो। कुनै पनि कुराको पर्वाह नगरी प्रतिकूल शारीरिक अवस्था हुँदाहुँदै पनि लुकी–लुकी शारीरिक सुगठन सिकेको उनी बताउँछन् । डाक्टरले भारी सामान नउचाल्नु भने पनि जिममा उनी ठूल्ठूला डम्बल उठाउन थाले । खेलबाट उनले प्यारालाइसिस समस्यालाई मात्रै जितेका छैनन्, शारीरिक सुगठन खेलमा च्याम्पियन बनेर आफ्नो सपना पूरा गरेका छन्।

उनको सपना आम नेपाली शारीरिक सुगठनका खेलाडीहरुको जस्तै नेपालको Mr. Olympia को नामले चिनिने धर्मश्रीको उपाधि जिते । मिलनको शारीरिक सुगठन खेलको डेब्यु वि.सं. २०५९ सालमा भएको नवौ धर्मश्रीमा सहभागी भएर ६० केजी बजन समुहमा तेश्रो हुन सफल भएका थिए । सो प्रतियोगिता नियमित सहभागी हुने मिलन आफ्नो तौल समूहमा दोस्रो – तेश्रो भइरहन्थे । सबै तौल समूहका विजेताबीच हुने धर्मश्रीको उपाधि भने उनले हात पार्न सकेका थिएनन् । वि.सं. २०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पध्रौं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि सिजापतिले हात पारेका थिए । प्रतियोगिता अन्तर्गत ८० केजीभन्दा माथिको तौल तौल समूहमा प्रतिस्पर्धा गरेका मिलन समूहको विजेता बनेर फाइनल प्रवेश गरेका थिए ।फाइनलमा मिलनले ६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै मिलनले पाँच लाख रुपैयाँ हात पारे ।
त्यस्तै महेश महर्जन द्वितीय भए भने रामबहादुर दाहालले तेस्रो स्थान हात पारे ।

यसैगरी प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौं, आशिष देवाजु छैटौं र सुरेश खत्री सातौं भएका थिए । उनीहरुले क्रमशः २ लाख, १ लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार रुपैयाँ प्राप्त गरेका थिए । समूह विजेताले ३० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका थिए । ‘यस पटक जित्छु भन्ने विश्वासका साथ प्रतियोगितामा सहभागी भएको थिएँ,’ उनी भन्छन् । आफ्नो सफलतामा घरपरिवार र साथीभाइको सहयोग र हौसला महत्वपूर्ण रहेको मिलन बताउँछन्। ‘सुरुवातमा केही अप्ठ्यारो होला कि भनेर मात्रै परिवारले शारीरिक सुगठन खेल्न अनुमति थिएन,’ उनी भन्छन्, ‘पछि मलाई सहयोग गर्नुभयो । परिवार र साथीभाइको साथ र सहयोग नरहेको भए यहाँसम्म आइपुग्ने थिएन् ।

वि.सं. २०७५ भदौ १७ बुल्समेन क्लबले पोखरामा आयोजना गरेको “ तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” मिलन च्याम्पियन भएका थिए । सिजापती ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउण्डको प्रतिष्पर्धामा पगेका उनले सबै तौल सुमहमा प्रथम हुने ६ जना प्रतियोगिलाई उछिन्दै मिष्टर बुल्समेन च्याम्पियन बनेका हुन । सिजापतीले नगद ३ लाख सहित बुल्समेन ट्रफी हात पारे ।

प्रतियोगितामा ५५ केजी तौल समूहमा सुशील विन्दुकार, ६० केजी तौल समूहमा मनोज केसी, ६५ केजी तौल सुमहमा मोतिलाल चौधरी, ७० केजी तौल समूहमा भरत श्रेष्ठ, ७५ केजी तौल समूहमा प्रवेश श्रेष्ठ, ८० केजी भन्दा माथिको तौल समूहमा प्रकाश राई प्रथम भएका थिए । सिजापतीले नेपालमा मात्र नभएर बिदेशमा भएको प्रतियोगिताहरुमा समेत सहभागी भएका छन् ।
वि.सं. २०६७ सालमा नेपालमा आयोजना भएको ७ औ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ८० के जी तौल समुहमा मिलनले कास्य पदक हासिल गरेका थिए ।

२०७५ सालमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समुहमा मिलनले कास्य पदक हासिल गरेका थिए । सिजापतीले नेपालमा मात्र नभएर विदेशमा भएको प्रतियोगिताहरुमा समेत सहभागी भएका छन् । वि.सं. २०६७ सालमा नेपालमा आयोजना भएको ७ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समुहमा मिलनले कास्य पदक हासिल गरेका थिए । २०७५ सालमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समुहमा मिलनले कास्य पदक हासिल गरेका थिए । उक्त प्रतियोगितामा पदक प्राप्त गरेकाले नेपाल शारीरिक सुगठन संघले उनलाई नगद रु २० हजार सहित सम्मान गरेको थियो ।

अन्य समयमा बढीजसो उमालेको खाना खाने उनी प्रतियोगिताको तयारी समयको डाइट प्लानमा दिनमा २० देखि ३० बटा अण्डा चिकेन व्रेस्ट आधा केजी जति खान्छन् । शारीरिक सुगठन खेलमा सफलता सँगै नेपाली र भारतिय चलचित्रबाट उनलाई अफरहरु पनि आईरहेका छन । नेपाली चलचित्र ढुवानी उनले खेलेको पहिलो चलचित्र हो । विभिन्न विज्ञापनहरु समेत उनले मोडलिङ्ग गरिसकेका छन् । उनी भन्छन, "समाजमा मानिसहरु जिम गर्न भन्यो कि गुन्डा दादाका रुपमा हेर्छन् तर यथार्थमा त्यो भन्दा ठिक विपरीत त्यसमा लागेका खेलाडी निकै अनुशासित र कठिन परिश्रम गरेर बनाएको ज्यानलाइ धेरै माया गर्ने प्रवृतिका हुन्छन् ।"

हालै मिलनले राजन शाहीसंग मिलेर झण्डै छ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको निर्वाणा वेलनेस सेन्टर नामक अत्याधुनिक जिमको सञ्चालक तथा पर्सनल ट्रेनिङ्ग डाईरेक्टर हुन् । उनको जिम स्बिमिङ्ग पुल सहित स्टिम बाथ सोना लगायत शारीरिक सुगठन खेलाडीलाइ आवश्यक पर्ने सबै सुविधा सहितको देशकै सबैभन्दा ठूलो फिटनेश सेन्टर भएको उनको दाबी छ । सोहि सेन्टरसँग हालै नेपाली क्रिकेट टिमको भएको समझदारी बमोजिम निर्वाणा वेलनेस सेन्टर आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टिमको आधिकारिक फिटनेस सेन्टरको रुपमा सेवा प्रदान गर्ने मिलन बताउँछन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार