११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

नेपालमा शारीरिक सुगठन खेलको विकासक्रमलाई हेर्ने हो भने नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घको महत्वपूर्ण योगदान रहेको कुरा जगजाहेर छ । यस खेलको माउ संस्था भएको नाताले समेत खेल र खेलाडीको विकासमा नीति निर्माणदेखि कार्यान्वयनसम्मका काममा निरन्तर सङ्घ क्रियाशील रहेको देखिन्छ ‌।

Advertisement

हरिस श्रेष्ठ विजेता

३० को दशकमा केहि अग्रजहरूको सक्रियतामा नेपाल भारत्तोलन तथा शारीरिक सुगठन सङ्घको स्थापना गरियो । पछि पुनः ४७ सालमा भारत्तोलनलाई अलग गरी नेपाल शारीरिक सुगठन सङ्घको संरचना तयार भयो । सङ्घ दर्ता संगसँगै शारीरिक सुगठन खेलकाे राष्ट्रिय स्तरको प्रतियोगितामा गराउन पहल गरियो । प्रथम पटक २०५२ सालमा रु दश हजार नगद पुरस्कार सहित प्रथम मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्ने तयारी भएको तत्कालीन अध्यक्ष धनश्याम मुखिया बताउँछन् ‌।

तत्कालीन अवस्थामा शारीरिक सुगठन प्रतियोगिता हेर्दा नेपालको पहिलो व्यायामशाला नेपाल व्यायाम मन्दिरबाट मात्र एकल रुपमा अन्तर क्लब स्तरीय प्रतियोगिताको आयोजना हुने गरेको मुखिया बताउँछन् ‌। नगद पुरस्कार सहितको पहिलो राष्ट्रिय प्रतियोगिता मिष्टर हिमालय भएको उनको दाबी छ ।

सचित प्रधान दाेस्राे र तेस्राे विजेता

हालसम्म मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको सातवटा संस्करण नेपालको विभिन्न शहरहरुमा सम्पन्न भएको नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका वर्तमान उपाध्यक्ष दिनेश राजभण्डारी बताउछन् । २०५२ सालमा प्रथम पटक मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको थियो । जसमा हरिश श्रेष्ठ बिजेता भएका थिए ।

यस्तैगरी ६३ सालमा काठमाडौंमा र ६६ सालमा पाेखरामा दाेश्राे र तेस्रो संस्करणका प्रतियोगिताहरु सम्पन्न भयो । सचित प्रधान दुवै संस्करणको विजेता बन्न सफल भएका थिए ।

राम दाहाल चाैथाे विजेता

प्रतियोगिताकाे ६९ सालमा चौथो संस्करणमा धरानमा सम्पन्न गरिएको थियो । जसमा रामबहादुर दाहाल विजेता बने । ७१ सालमा काठमाडौंमा पाँचौं संस्करणमा रामहरि खनाल विजेता भएका थिए । त्यसपछि २०७३ सालमा काठमाडौंमा भएको छैटौं संस्करणमा अशोक महर्जन विजयी भए । यहि संस्करणदेखि महिला र फिजिक्स विधा समेत थप गरियो । जसमा महिला तर्फ जुन श्रेष्ठ तथा फिजिक्स तर्फ बिसु राम केशी र रतिश वज्राचार्य बिजेता हुन सफल भएका थिए ।

२०७६ सालमा भएको सातौं संस्करणमा पुरुष तर्फ उमेश राई र महिला तर्फ रजनी श्रेष्ठ तथा जुनियर तर्फ कृष्ण महर्जन फिजिक्स तर्फ बिसुराम केशी र प्रमाेद राई विजेता बन्न सफल भएको राजभण्डारीले बताउछन् । नेपाली शारीरिक सुगठन एउटा विशेष पहिचान बनाउन सफल मिष्टर हिमालय प्रतियोगिता तथा बिजेताहरुका विषयमा क्रमशःआगामी भागमा चर्चा गरिने छ ।

रामहरी खनाल पाचौं विजेता
अशोक महर्जन छैठौं विजेता
उमेश राई सातौं विजेता

प्रतिकृया दिनुहोस्

Flash News

जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न