ताजा अपडेट »

‘हल्ट प्राइज’ पक्लिहवा क्याम्पसको अभिमुखिकरण

बुधबार, २८ असोज २०७७, १६ : ३३
8 Shares

बुटवल । विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कार्यक्रमको पक्लिहवा कृषि क्याम्पस, रुपन्देहीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई हल्ट प्राइज, यसको स्थापना, उद्देश्य र विश्व परिवर्तनमा यसको भूमिकासँग परिचित गराउनका लागि शनिबार अभिमुखिकरण कार्यक्रम गरिएको ‘हल्ट प्राइज’ पक्लिहवा क्याम्पसको निर्देशक बिपिन रिजालले बताए ।

विद्यार्थीहरुलाई यस कार्यक्रमसंग जोड्न हल्ट प्राइज फाउन्डेशनका २०२०÷२१ का नेपालका लागि कम्युनिटि विल्डर सुसान डंगोल, २०१९ का शीर्ष १० क्याम्पस निर्देशक र यस वर्षका एक्सेलेटर प्रोग्राम भोल्युन्टर एल जीले हल्ट प्राइजका बारेमा प्रकाश पारेका थिए । हल्र्ट प्राइज पक्लिहवाले सञ्चालन गर्ने हल्र्ट प्राइज इभेन्टमा पक्लिहवा क्याम्पस, रुपन्देही बहुमुखी क्याम्पस र साई ग्लोबल कलेजका विद्यार्थीहरुले भाग लिन पाउने उनले बताए । यस कार्यक्रममा भाग लिनका लागि विद्यार्थीहरु ३–४ जना समावेश गरि समूह दर्ता गराउनु पर्ने छ । हल्र्ट प्राइज पक्लिहवा कयाम्पस निर्देशक विपिन रिजालले अब चाडैँ नै दर्ता फारम उपलब्ध गरिने बताए ।

कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्तरुपमा आयोजना हुँदै आएको छ । खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले विभिन्न शीर्षक छान्ने गर्दछन् । यस बर्ष पुर्व राष्ट्रपति बिल क्लिन्टनले तोके बमोजिम “Food for Good” विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट समूहले १० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको अमेरीकामा हुने फाइनल राउण्डमा सहभागी हुन सुरुमा आफ्नो क्याम्पस वा युनिभर्सिटीमा आयोजित कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले आफ्नो विचार राख्नेछन् र सो कार्यक्रमको निर्णायक मन्डलले बिजेतालाई अर्को चरणमा पठाउने गर्दछन् र थप विभिन्न राउन्डमा छनोट हुँदै जानु पर्नेछ ।

पक्लिहवा कृषि क्याम्पसमा कृषितर्फ स्नातक तह अध्ययनरत विद्यार्थी बिपिन रिजाल ‘हल्ट प्राइज’ पक्लिहवा क्याम्पसको निर्देशक छनोट भएसँगै कृषि क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने र आफु उद्यमी बन्ने सपना पुरा गर्ने ढोका खुलेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।