६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

“सफलताको सूत्र पुस्तकमा होइन, मेहनतमा हुन्छ ।”, अब्राहम लिंकनको यो भनाई रत्नलाल मानन्धरको जीवनको मूल मन्त्र नै बन्यो । काठमाडौंको नयाँ बजारमा वि.सं. २०१२ मा रत्नको जन्म भएको थियो । रत्न सानैदेखि खेलकुदमा औधीं रुचि राख्थें । १५ बर्षको कलिलो उमेरमा नै उनले साथीहरुसँग मिलेर बक्सिङ्ग खेल्न शुरु गरेका थिए ।

Advertisement

वि.सं. २०३७ सालमा भोटेबाहलमा विश्वराज सिंह सुवालले सञ्चालन गरेको विश्व व्यायाम मन्दिरमा उनले प्रथम पटक डम्बल उचाले । त्यतिबेला उनका समकक्षीहरुमा तिर्थ महर्जन, सरोज श्रेष्ठ र उदय बहादुर श्रेष्ठ लगायतले उनीसँगै व्यायाम गर्थे । पछि ३८ सालमा उनी नेपाल व्यायाम मन्दिरमा प्रवेश गरे । प्रशिक्षक धनश्याम मुखियाको कुशल प्रशिक्षणका उनले आफ्नो शरीर कसिलो र बलिष्ठ बामए । उनको पहिलो प्रतियोगिता ३८ सालमै खेलेको उनि सम्झँछन् ।

वि.सं. २०३८ सालमा राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजन गर्दै थियो । जसमा शारीरिक सुगठन खेलपनि समावेश थियो । पहिलो प्रतियोगितामा नै उनले ६५ केजी बजन समुहमा शिवलाल श्रेष्ठ प्रथम र उनी दोश्रो हुन सफल भए । जसबाट उनलाई थप हौसला बढ्यो । वि.सं. २०४० सालमा पोखरामा भएको तेश्रो र २०४१ सालमा धनगढीमा भएको चौथाें राष्ट्रिय प्रतियोगितामा उनले ६० केजी बजन समूहमा उनको रजत पदक हात पारे । उनको मिष्टर नेपाल उपाधि जित्ने सपना भने वि.सं. २०४२ सालमा वीरगञ्जमा पाचौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा बल्ल पुरा भयो ।

अरु खेलाडी सरह खेलाडी भएर जीवन निर्वाह गर्न नेपालमा कठिन भएको अनुभुति गर्दै उनी पनि कर्मको खोजी गर्दै विदेश तिर हानिनु परेको विगतका स्मृति केलाउँदै उनले भने । दुवईमा जागिर गर्ने शिलशिलामा सन् १९९२ मा भएको Mr Das Island Abu Dhabi प्रतियोगितामा उनिले सहभागिता जनाएर सबै प्रतियोगीलाई पछि पार्दै उपाधि समेत हात पारेको गर्वका साथ उनी बताउँछन् । झन्डै १५ बर्ष दुवईको बसाई सकेर उनी नेपाल फर्किए । उनलाई पाचौं राष्ट्रिय प्रतियोगितामा मिष्ट्रर नेपालको उपाधि जितेको क्षण जीवनमा सबैभन्दा बढी खुशी लागेको पलका रुपमा लिन्छन् ।

नवयुवा शारीरिक सुगठन खेलाडीहरुले आजकाल प्रतियोगितामा सफलता प्राप्त गर्ने छिटो नतिजाको चाहनामा विभिन्न वैकल्पिक उपायहरु र छोटो बाटोको खोजी गरिरहेको देख्दा उनलाई दुख लाग्ने बताउँछन् । उनीहरु लोभलाग्दो विज्ञापन पछि लेभिएर प्राकृतिक पौष्टिक आहारहरुमा भन्दा सरल हिसाबले शरीर बनाउनको लागि उत्पादन गरिएका अनेकौं सप्लिमेन्ट तथा एनाबोलिक स्टोराइड प्रयोग गर्न उद्धत हुन नहुने उनको बुझाई छ ।

प्राकृतिक खाद्य वस्तुको उपभोग गरेर पनि राष्ट्रिय अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा हात परेर आफुहरुले आजका युवाहरु दृष्टान्त देखाएका उनी बताउँछन् । हाल नेपाल व्यायाम मन्दिरका उपाध्यक्ष रहेका उनी जीवनको अन्तिम समयसम्म यही खेलको विकासमा लागि पर्ने प्रण गरेका बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट