८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

वयस्क अवस्थामा व्यायाम शुरु गर्दा कुनै दिन नेपाली चलचित्रमा सफल अभिनेता बन्छु भनेर पुष्प श्रेष्ठले कहिले सोचेका थिएनन् । नेपाली कथानक चलचित्र देउकी आफ्नो बेलाको असाध्यै सफल चलचित्र मानिन्थ्यो । त्यो चलचित्रमा देउकीको अभिनय गर्ने कलाकार हुन् पुष्प श्रेष्ठ । खाईलाग्दो शरीर भएको गाउँले ठिटोका रुपमा उनले सो चलचित्रमा गरेको अभिनयले धेरै दर्शक उनको प्रशंसक बन्न बाध्य पारेका थिए ।

Advertisement

पुष्प श्रेष्ठको विराटनगर निवासी हुन् । युवा अवस्थामा उनको सँगत उद्धव पौडल, मिठु सेन गुप्ता लगायतका साथीहरुसँग भयो । युवा अवस्थामा टिभीमा चलचित्रका नायकहरुको सुगठित शरीर देखेर उनलाई पनि आफ्नो शरीर यस्तै बनाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । “कक्षा ८ मा स्कुल पढ्दा देखि नै शारीरिक कसरत गर्न मन लाग्न थाल्यो । साथीहरु सँग मिलेर विराटनगरमा भएको त्रिभुवन आदर्श क्लबमा भएका दुई थान डम्पल, बाँस, गाडेर बनाएको बारमा झुन्डिए डिप्स गर्ने, साथीहरुसँग पन्जा लडाउन थाले ।” विगतको अनुभूतिहरुको गांठो फुकाउंदै उनले भने । पछि उनका साथी मिठुले आफ्नै घरमुनी केही सामानहरु भारतबाट ल्याएर जिमखाना सञ्चालन गरे । पुष्प त्यहि जिम गर्न जान्थें ।

अग्लो कद गाँठी भएका पुष्पले व्यायाम गर्न थालेको केही समयमा नै शरीर हेर्ने लायक बनाई छाडे । त्यतिबेला दार्जिलिङ्गबाट कामकाजको शिलशिलामा विराटनगर आएका गनु गिरीसँग उनको भेट भयो । जो दार्जिलिङ्गका शारीरिक सुगठनका प्रशिक्षक थिए । उनले पुष्पको सुगठित शरीर देखेर भारतमा हुने शारीरिक सुगठनका प्रतियोगिताहरु भाग लिन सुझाव दिए । अध्ययनको क्रममा भारत रहँदा पुष्पले भारतमा भएको मिष्टर दार्जिलिङ्ग, मिष्ट्रर नर्थ बङ्गाल र मिष्ट्रर इण्डिया लगाएताका प्रतियोगिताहरुमा भाग लिएर अनुभव बटुल्ने अवसर पाए ।

भारतमा खेल्ने क्रममा प्रेम चन्द डोगरा, जो पछि मिष्टर एशिया, मिष्टर युनिभर्स तथा पटक पटक मि इण्डियासँग पुष्प एउटै प्रतियोगितामा खेल्ने अवसर समेत पाएको उनले गर्व साथ सुनाए । वि.सं. २०३७ सालमा विराटनगरमा भएको दोश्रो मिष्टर विराटनगर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सबै प्रतियोगिहरुलाइ पछि परेर उनले उपाधि हात पारे । यस अधिको प्रथम मिष्टर विराटनगर प्रतियोगितामा मोहन डङ्गोल बिजेता भएको पुष्प बताउँछन् । वि.सं. २०३८ सालमै राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै थियो जुनमा शारीरिक सुगठन खेलपनि समावेश थियो । त्यो प्रतियोगितामा उनी टलहाइट समुहमा सहभागी भए । जसमा ज्योति जंग राणा प्रथम, उदय बहादुर श्रेष्ठ, दोश्रो अशोक दत्त तेश्रो र उनि चौथो भएको पुष्पले सुनाए ।

अभिनय यात्रा थाले पछि पुष्पले केही समय कराते र बक्सिङ्ग खेल सिक्न समय बिताए । उनलाई चलचित्र क्षेत्रतर्फ डोर्याउने श्रेय उनका मित्र चलचित्र निर्देशक उद्वव पौडललाई जान्छ । पुष्पले हालसम्म झन्डै ३८ वटा जति चलचित्रका अभिनय गरिसकेका बताउँछन् । नेपाल चलचित्र जगतमा महानायक मानिएका राजेश हमालसँग झन्डै ८ वटा चलचित्रमा उनले सङै काम गर्ने अवसर पाए । चलचित्र १८३० एक इतिहासमा नेपाली सिने जगतमा पहिलो पटक पृथ्वीनारायण शाहको भुमिका आफुले निर्वाह गर्ने अवसर पाएकोमा पुष्ष आफुलाई भाग्यमानी ठान्छन् । उनका केही चलचित्रहरु हाल रिलिजको पर्खाइमा छन् ।

उनि मोरङ्ग जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष हुदै क्रमशः पुर्वाञ्चल विकास क्षेत्रको संयोजक र हाल उनी प्रदेश नं १ का संयोजक सहित नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका केन्द्रिय सदस्यका रुपमा नेतृत्वदायी भुमिका निवार्ह गरिरहेका छन् । पुष्पले वि.सं. २०४९ सालमा शारीरिक सुगठन खेलको राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गरेका थिए । त्यस पछि क्रमशः दक्षिण एशियाली, एशियाली हुदैं अन्तराष्ट्रिय जजको लाइसेन्स लिए । त्यसपछि उनले स्वदेशी तथा विदेशमा आयोजना हुने शारीरिक सुगठन खेलमा निर्णायकका रुपमा सहभागी भइ धेरै पटक निर्णय सुनाई सकेका छन् ।

यस खेलको विकास झन्डै चार दशक लामो उनको योगदानको कदर गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ तथा स्वर्ण पदकबाट तथा वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टिङ फेडरेशनले रजत पदकले उनलाई सम्मान समेत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर