८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

सरोजकुमार श्रेष्ठको शारीरिक सुगठन यात्राको शुरुवात वि.स.२०३५ सालमा आफ्नै घर नजिकै ज्याफलमा रहेको काठमाण्डौ क्लबबाट भएको भएको थियो । केहि समयपछि उनि व्यायाम गर्न भन्दै नेपाल व्यायाम मन्दिर तिर लागे । यस खेलमा उनको पदक यात्राको शुरुवात भने वि.स. २०३९ सालमा राजबिराजमा भएको दोश्रो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताबाट भएको हो ।

Advertisement

पहिले पटकमा नै उनि मिस्टर नेपालको उपाधि जित्न सफल भएका थिए । त्यस पछि क्रमशः ४०,४१ र ४२ सालमा भएका तेश्रो, चौथो र पाचौ राष्ट्रिय शारीरिक प्रतियोगिताहरुमा लगातार उनि मिस्टर नेपालको उपाधि चुम्न सफल भए । अर्न्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने पहिलो भाग्यमानी खेलाडी पनि आफू नै भएको सरोज बताउँछन् । उनले वि.स. २०४२ सालमा श्रीलङ्काको कोलोम्बोमा आयोजित २१ औ एसियाली शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाउने ऐतिहासिक सौभाग्य पाएका थिए । वि.स. २०४२ मा नै उनि नेपालको सबैभन्दा जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको अध्यक्ष भई नेतृत्व गर्ने अवसर पाए ।

विदेशमा सँगालेर आएको अनुभवले त्यहाँको खेलको भव्यता देखेर उनलाइ सोहि अनुसारको नेपालमा पनि ठूलो धनराशी पुरस्कार भएको प्रोफेश्नल बडी बिल्डिङ्ग (आर्थिक लाभका लागि खेलिने खेल) प्रतियोगिता गर्न पाए हुन्थ्यो भन्ने लालशा जाग्यो । नेपालमा उति बेलासम्म राखेपले मात्र एमेच्योर बडी बिल्डिङ्गको (आर्थिक लाभका लागि नभई मनेरञ्जनका लागि खेलिने खेल) मात्र राष्ट्रिय प्रतियोगिताको वार्षिक रुपमा आयोजना गथ्र्यो । नेपाल व्यायाम मन्दिरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना जोहो गर्न थालियो । पञ्चायती व्यवस्थाको चरम उत्कर्ष रहेका बेला गैरसरकारी क्षेत्रबाट राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गर्नु भनेको फलामको च्युरा चपाउनु सरह थियो । प्रतियोगिताका लागि पटक-पटक सरकारी अनुमति लिने प्रयासहरु विफल भएको श्रेष्ठ बताउँछन् ।

एक पटक शहिद दिवसको औपचारिक कार्यक्रममा शहिद धर्मभक्त माथेमासहित अन्य तीन अमर शहिदहरुका तस्बिर राखेर कार्यक्रम गरियो । जस्मा संयोगवस धर्मभक्तको सुगठित शरिर प्रदर्शन गरेको तस्बिर परेछ । त्यसपछि सरोज लगायत नेपाल व्यायाम मन्दिरका अन्य साथीहरु सल्लाह गरे । शहिद धर्मभक्त माथेमा बडी बिल्डर पनि हुन् उनको मुलुकमा व्यवस्था परिवर्तनमा समेत अतुलनिय योगदान समेत गरेकाले, उनकै नाममा प्रतियोगिताको आयोजना गर्दा शहिद प्रति थप सम्मान पनि हुने र सरकारी अनुमति लिन पनि सहजता हुने भएकाले प्रतियोगिताको नाम धर्मश्री राख्ने निधो भयो ।

यसरी वि.स. २०४२ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनाका पहिलो धर्म श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको जग हाल्ने काम भयो । जुन हालसम्म निरन्तर रुपमा संचालन हुदैछ । जस्को पन्ध्रौ संस्करण गत २०७५ सालमा भयो मुस्कुराउँदै उनले भने । धर्म श्री जस्तो ठूलो राष्ट्रिय प्रतियोगिताको आधारशिला तयार गर्ने शुत्रधार उनि भएकाले धेरैले (आइएफबीबी) इन्टरनेश्नल फेड्रेरेशन या बडी वील्डिङ एण्ड फिट्नेसका संस्थापक तथा बडी बिल्डिङ्ग खेलको सबै भन्दा ठूलो खेल मिष्टर ओलम्पिया शुरुवातकर्ता ‘जो बेडर’सँग उनको तुलना गर्दै उनलाई नेपालका ‘जो बेडर’ समेत भन्ने गरेका छन् ।

शारीरिक सुगठन खेलहरु क्रमशः गति लिइरहँदा निर्णायकहरुलाई औपचारिक तालिमको अभाव भने सधै खट्की नै रहन्थ्यो । वि.स. २०४६ सालमा शारीरिक सुगठन खेल प्रशिक्षकका लागि राखेपबाट तिन महिने एनएस तालिम दिने अनुमति प्राप्त भयो तर तालिमका लागि आवश्यक पाठ्यक्रम निर्धारणमा कठिनाई आइलाग्यो । पछि सरोजले नै विदेशी साथीहरुसँग अनुरोध गरेर त्यहाँबाट कोर्स झिकाएर, समसामयिक परिमार्जन गरेर गाँठो फुकाएको उनले बताए ।

यस खेलको अभिभावक संस्था नेपाली शारीरिक सुगठन तथा फिटनेस संघ आफ्नो स्थापनाकालमा न्वारन हुँदा नेपाली भारत्तोलन तथा शारीरिक सुगठन संघ थियो । पछि वि. स. २०४७ सालमा आफू ज्ञानेन्द्र नकर्मीलगायत अन्य साथीहरुको पहलमा भारत्तोलन छुट्याएर नेपाली शारीरिक सुगठन संघ नाम राख्न सफल भएको उनि बताउँछन् ।

प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको धर्म श्री प्रतियोगिताको योजनकार तथा सफल शारीरिक सुगठन खेलाडी सरोजकुमार श्रेष्ठलाई अहिलेका नयाँ पिडीले चिन्न र उनको कार्य कुशलता तथा सुझबुझको अनुशरण गर्न आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर