८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

उदयबहादुर श्रेष्ठको जन्म वि.सं. २०१५ सालमा काठमाडौंको इन्टुम्बहालमा भएको हो । उनी युवा अवस्थामा सारै दुब्लो पातलो भएकोले ज्यान बढाउन विकल्पको खोजि गर्दै वि.सं. २०३३ साल तिर नेपाल व्यायाम मन्दिर पुगेको थिए । जहाँ उनको मोहले लय समात्यो । धनश्याम मुखियाको प्रशिक्षणमा उनले छिटो नै आफ्ना दुब्ला शरीरलाई सुगठित पारे ।

Advertisement

तर उनले व्यायाम गर्न थालेको उनका बुबा गोबिन्दबहादुर श्रेष्ठलाई आखाँ फुटन् मन परेको थिएन । जसका कारण धेरै पटक बुबाको कोपभाजनको शिकार हुन परेको उनि बताउँछन् । यद्यपि उनले आफ्नो साधनालाई निरन्तरता दिई राखे । उनको सुगठित शरीर देखेर साथीहरु अब तिमीले शारीरिक सुगठनका प्रतियोगितामा भाग लिनुपर्छ भन्न थाले । संयोगवशं त्यहि समय अर्थात वि.सं. २०३८ सालमा राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजन गर्दै थियो । जसमा शारीरिक सुगठन खेलपनि समावेश थियो ।

पहिलो प्रतियोगितामा नै उनिले ६५ केजी भन्दा माथि बजन समुहमा ज्योति जंग राणा प्रथम र उनि दोश्रो हुन सफल भए । जसबाट उनलाई थप हौसला मिल्यो । सोहि वर्ष भएको मिस्टर काठमाडौं खुल्ला शारीरिक सुगठन प्रतियोगितामा धेरै प्रतियोगीलाइ पछि पार्दै कास्य पदक सहित बेष्ट ब्याक उपाधि जित्न सफल भएको उनले बताए । बलिष्ठ र मिलेको शरीरका कारण विज्ञापन कम्पनीहरु उदयलाइ आफ्नो उत्पादनको विज्ञापनका मोडलिङ्गका लागि अनुरोध गरे । उनले त्यस पछि थुप्प्रै बिज्ञापनहरुमा आफ्नो शुगठित शरीर पस्किए । नेपाल टेलिभिजनका शुरुवातका विज्ञापनमा आउने च्याम्पियन जुत्ता, स्पार्क जुत्ता र ग्लुकोज डी लगाएतका विज्ञापनबाट उनि त्यतिबेला निकै चर्चित थिए । क्रमशः उनी नेपाली ठुला र साना पर्दा चलचित्र टेलिचलचित्रहरुमा समेत अभिनय गर्ने अवसर पाए । उनले खेलेका चलचित्रहरु चोखोमाया, दाजुभाइ लगाएतका छन् ।

अभिनयसगँ उनको शारीरिक सुगठनको यात्रा पनि निरन्तर चहिरह्यो । उति बेलाको रमाइलो प्रसङ्ग सम्झदै उदय श्रेष्ठको जीवनसंगीनि निमु श्रेष्ठ विगत संझन्छन् ।, “हाम्रो कलेज अगाडीको फोटो स्टुडियोमा उहाँको फोटाहरु ठुलाठुला पोस्टरहरु बनाएर राखिएका थिए । कलेजका धेरै केटीहरु उनका बारेमा रमाएर कुरा गर्ने र पोस्टर किनेर घरमा लगि टाँस्ने गर्थे । उनका एक झलक हेर्न लाम लाग्ने र तस्विर किनेर घर लाने धेरै केटीहरु मध्ये म पनि एक थिए ।” उनले हाँस्दै भनिन् । व्यायाम गर्न शुरु गरेको संस्था नेपाल व्यायाम मन्दिरको वि.सं. २०४० साल देखि ४२ साल सम्म उनी अध्यक्ष समेत बने ।

वि.सं. २०४५ सालमा उनले शारीरिक सुगठन राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गरे । धेरै मानिसहरुले उनलाई भेट्दा हामीलाई पनि तपाइको जस्तै शरीर बनाउन सिकाई दिनु पर्यो भनेर अनुरोध गर्न थाले । उनले आफ्नै निजी लगानीमा २०४५ सालमा काठमाडौंको ताहाचलमा काठमाडौं जिम सेन्टर सञ्चालन गरे । जुन निजी क्षेत्रबाट खोलिएको पहिलो जिम भएको उनको दाबी छ ।

वि.सं. २०६६ सालमा अन्र्तराष्ट्रिय निर्णायकको लाइसेन्स लिएर उनले हालसम्म पनि देशविदेशमा हुने शारीरिक सुगठन प्रतियोगिताहरु निर्णायकको भुमिका निवार्ह गरिरहेका छन् । शारीरिक सुगठन खेलको विकास झन्डै चार दशक लामो उनको योगदानको कदर गर्दै वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टिङ फेडरेशनले उनलाई सम्मान समेत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर