ताजा अपडेट »

नेपालमा शारीरिक सुगठनका उज्याला नक्षत्रहरु-२

सोमबार, २९ भदौ २०७७, २० : ४९
6 Shares

शारीरिक सुगठनमा महिलाको चर्चा गरि रहँदा शरीरलाइ सुगठित बनाउनको निम्ति पुरुषको तुलनामा महिलालाई अलि धेरै नै मेहेनत गर्नुपर्ने बताउँछन् शारीरिक सुगठनका जानकार संजित श्रेष्ठ । यसको मुख्य कारण नै महिलामा "टेस्टोस्टेरोन हर्मोन" पुरुषमा भन्दा निकै कम हुन्छ तर महिला र पुरुषमा भिन्नता शरीरको आकारमा मात्रै हो तथापि व्यायामले कुनै लिंगभेद गर्दैन ।

महिलाहरुको लागि छुट्टै व्यायाम हुँदैन किनकि मांसपेशी, हाडजोर्नी अनि सम्पूर्ण शरीरको चाल “Kinesiology” एउटै हुन्छ । तसर्थ मांसपेशी व्यायाम गर्दा पुरुष सरह नै व्यायाम गरिने उनि बताउँछन् । बि स २०७६ सालमा पोखरामा आयोजित Women's Bikini & Physique Championship 2019 नै हालसम्म महिलाहरुका लागि मात्र गरिएको एकल प्रतियोगिता भएको आयोजक गोर्खा क्लासिकका अध्यक्ष कुमार गुरुङ्गले बताए । महिलाहरु पनि पुरुष भन्दा कुनै हिसाब कम हुदैन्न भन्ने देखाउन सो कार्यक्रम गरेको र सो कार्यक्रम निरन्तर रुपमा प्रत्येक दुइ बर्षमा आयोजना गर्ने सोचमा रहको उनले बताए ।

शोभा मानान्धर : शारीरिक सुगठनका अग्रज खेलाडी निर्मला महर्जनको पदचाप पछ्याउँदै यस खेलमा प्रवेश गर्ने खेलाडी हुन शोभा मानान्धर । बि.स २०७५ मा तेश्रो मिष्टर काठमाण्डौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा उपाधि जित्न सफल भइन् । सन् २०१८ मा काठमाण्डौमा सम्पन्न प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता महिला एथलेक्टिक फिजिकमा उनिले स्वर्ण पदक हासिल गरेकी थिइन् ।

महिलाहरुको छुट्टै प्रतिस्पर्धा हुने शारीरिक सुगठन प्रतियोगिताहरु नेपालमा नगन्य हुन्छन । पुरुषमा नाममा गरिने प्रतियोगितामा महिलाको बिधा समावेश हुन्छ र त्यसमा समेत लागि राशी पुरुषको भन्दा महिलालाइ ज्यादै न्यन हुने गरेको उनको गुनासो छ । श्रीमानको निरन्तर साथले आफुले सफलता प्राप्त गरेकाले यस्को श्रेय उनलाइ दिन चाहिन ।

मल्लिका शाक्य: सातौ मिष्ट्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताबाट यस खेलमा प्रवेश खेलाडी हुन, मल्लिका शाक्य । सन् २०१९ मा काठमाडौमा सम्पन्न १२ औ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा महिला मोडल फिजिकमा स्वर्ण पदक हासिल गर्न सफल भएकी थिइन् ।

उनले सन् २०१९ थाइल्याण्डमा सम्पन्न Asia Pacific Bodybuilding Championships सहभागीता जनाएका थिइन् । प्रतियोगिताको तयारीका समय बिहान साझ समेत जिममा पसिना बगाउनुका साथै डाइटहरुमा समेत ध्यान दिने गरिकी उनी बताउँछिन् ।

शुश्मा राइ (पम्फा): बि स २०७५ मा सम्पन्न दोश्रो मिष्ट्रर एभरेष्ट्र राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ओमेन फिजिकमा उपधि बिजेता हुन शुश्मा राइ । उनिले सन् २०१८ मा काठमाण्डौमा सम्पन्न प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको महिला एथलेक्टिकमा रजत पदक हासिल गर्न सफल भएकी थिइन् ।

यो खेलमा महिलाहरुको आकर्षक निकै बढेको छ, किनकी परिवार समाजले हेर्ने दृष्टी क्रमश परिवर्तन हुँदै गएको छ । त्यही पनि यो खेलमा सोचेका जस्तो ब्यवसायिकता भने अझै आइ नसकेको उनले बताए ।

पूजा श्रेष्ठ: सन् २०१९ मा काठमाडौमा सम्पन्न १२ औ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिक मा रजत पदक हासिल गर्न खेलाडी हुन पुजा श्रेष्ठ ।

उनी बि.स. २०७६ सालमा सम्पन्न सातौं मिष्ठ्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत महिला फिजिक तेश्रो सफल भएकी थिइन् । बि स २०७५ मा सम्पन्न तिनबटा राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरु तेश्रो बुल्समेन तेश्रो मिष्टर काठमाण्डौ दोश्रो मिष्ट्रर एभरेष्ट्र प्रतियोगितामा उनले सहभागीता जनाएकी थिइन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार