ताजा अपडेट »

शारीरिक सुगठनका ‘भिष्म पितामह ’ शिवलाल श्रेष्ठ

आइतबार, २८ भदौ २०७७, ११ : १८
30 Shares

इतिहासको खोजी आफैमा कठिन विषय हो । केही दिनदेखि म नेपाली शारीरिक सुगठनको इतिहास जान्ने प्रयत्न गरिरहको थिए । विगतका विविध पाटाहरुका नजोडिएका कडीहरुलाई केलाउने क्रममा एउटा नाम धेरैले सुझाए, शारीरिक सुगठन खेलका पुराना खेलाडी शिवलाल श्रेष्ठ । शारीरिक सुगठन सम्बन्धित लामो अनुभव र अध्ययनका कारण केहीले त उनलाई शारीरिक सुगठन खेलका इन्साइक्लोपीडिया समेत भन्दा रहेछन् ।

नेपाली शारीरिक सुगठनको इतिहासका बारे कुराकानीका क्रममा उनले सन् १९३० को दशक तिर नेपालमा स्वतन्त्रता सेनानी अमर शहिद धर्मभक्त माथेमाले काठमाण्डौं ओमबाहाल स्थित आफ्नै घर आगनमा डम्बल र बारबल प्रगोग गरी व्यायाम गर्ने तरिकाको शुरुवात गरेका थिए । नेपाली समाजमा उनले पुर्याएको योगदानसँगै शारीरिक सुगठन खेलसँग सम्बन्धित रहेकाले नेपालको सबैभन्नेदा पुरानो व्पायायामशाला नेपाल व्यायाम मन्दिरले बि.स .२०४२ सालबाट धर्मभक्तको स्मृतिमा सर्वाधिक पुरस्कार राशीको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । बि.स. २०१० मा द्वारिकादास श्रेष्ठको अगुवाइमा नेपाल ब्यायाम मन्दिरको नाममा काठमाण्डौंमा व्यायामशाला खोलियो ।

बि.स. २०२५ तिर उनले नेपाल ब्यायाम मन्दिरमा व्यायाम गर्न शुरु गरेको थिए । शुरुमा खिचापोखरीबाट भुरुङ्खेल हुदै ज्याठामा स्थापित नेपाल ब्यायाम मन्दिरको स्वरुप, बर्तमानको भन्दा निकै सानो रहेको उनी बताउँछन् । थोरै भागमा जिम र अरु बाँकी भागमा खेति गरिन्थ्यो । खेतीगर्ने किसानले व्यायाम गर्ने खेलाडीबाट मासिक शुल्क उठाउने गरेको उनले बताए । पानी पर्दा छत चुहिने गर्थ्यो सबैले पैसा उठाएर मर्मत गर्ने काम हुन्थ्यो । माटोको भुइँमा गाडिएको काठको स्ट्याण्ड, मुकदल र जाँतोका चक्काहरुलाइ बेट व्लेट बनाइ मैनबत्तिको उज्यालोमा व्यायाम गर्ने गरेको उनले सुनाए । पछि त्यहि व्यायाम सिकेका व्यक्तिहरुले नै नेपाल अधिराज्य बिभिन्न जिल्लाहरुमा शाखा खोलेर शारीरिक सुगठनको प्रचार प्रसार गरेको कुरा शिव लाल श्रेष्ठले बताए ।

समयक्रममा आधुनिक सामान थप्दै स्थानीयहरुको सरसहयोग कच्ची भागलाइ पक्की स्वरुप दिइएको थियो । बि.सं. २०३३ सालमा एमेच्युर एथ्लेटिक्स युनियन क्लबको आयोजनामा नै झन्दै २० जना खेलाडीको सहभागिता भृकुटि मण्डपको सभागृहमा दोश्रो मिस्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगिता भयो । त्यसमा उनि उपबिजेता बन्न सफल भएका थिए । त्यस पछि बि सं. २०३८ सालको मिस्टर काठमाडौंमा सबै प्रतियोगीलाइ पछि पार्दै उपाधि जित्न सफल भएको उनले बताए । बि सं. २०३८ सालमा राखेपको आयोजनामा भएको पहिलो नेशनल च्याम्यियनसिपमा उनि मिष्टर नेपाल बन्न सफल भए । अन्तर्राष्ट्रिय शारीरिक सुगठनको इतिहासको चर्चा गर्दै उनले शारीरिक सुगठन इजिप्ट र ग्रिसबाट शुरु भएको बताए ।

१९ औँ शताब्दीको अन्त्यतिर जर्मनीका इगेन स्यान्डोले बेलायतमा शारीरिक सुगठन अभ्यासलाई फैलाएले नै ‘फादर अफ बडीबिल्डिङ’ नाम दिइएको बताए । पहिलोपटक सन् १९०१ सेप्टेम्बर ४ मा शारीरिक सुगठन प्रतिस्पर्धा इगेन स्यान्डोले गराएको थिए ।अन्तर्राष्ट्रियस्तरमा दर्ता भएको पुरानो शारीरिक सुगठनको महासंघ (IFBB) International Federation of Bodybuilding and Fitness हो, जुन जो बेडर र बिन बेडर दाजुभाइले सन् १९४६ क्यानेडामा स्थापना गरेको थिए । पछि यही संस्थाले सन् १९५९ देखि मिष्टर युनिभर्स प्रतियोगिताको आयोजना गर्यो । जो बेडरले एमेच्योर बडी बिल्डिङ्ग (आर्थिक लाभका लागि नभइ मनेरञ्जनका लागि खेलिने खेल) बाट खेलाडीहरुको खास आर्थिक उपार्जन नहुने देखेर ठुलो धनराशी पुरस्कार भएको प्रोफेनल बडी बिल्डिङ्ग (आर्थिक लाभका लागि खेलिने खेल) सन् १९६७ मिष्टर ओलम्पिया जसलाइ बडी बिल्डिङ्ग खेलको सबै भन्दा ठूलो खेल मानिन्छ, शुरु गरेका थिए ।

हालसम्म पनि सो प्रतियोगिताले ससारका सबैजसो बडी बिल्डिरहरुलाइ लोभ्याएको पाइन्छ । पछि सन् २००९ मा ओसामा अहमद अलसफरको नेतृत्वमा World Bodybuilding and Physique Sports Federation (WBPF) गठन भयो । नेपालका सन्दर्भमा हाल अन्तर्राष्ट्रियस्तर यि दुवै बडी बिल्डिङको फेडरेशनमा आवद्ध संघहरु क्रियाशील छन् । WBPF को सम्बद्धता प्राप्त नेपाल शारीरिक सुगठन तथा फिटनेश सध (NBBFA) तथा IFBB को सम्बद्धता प्राप्त नेपालीज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस (NFBF) । शारीरिक सुगठनको प्रारम्भिक राष्टिय प्रतियोगितामा जितेका उनि पछि केहि वर्ष नेपाल शारीरिक सुगठनका अध्यक्ष समेत भएका थिए ।

उनि हाल NFBF का सल्लाहकारका साथै टेकनिकल जजेज कमिटीका प्रमुख छन् । विश्वमा शारीरिक सुगठन खेलको विकास भएसँगै नेपालमा पनि बिरलै हुने प्रतियोगिता समेत क्रमश: वृद्धि हुँदै आएको छ । तर, स्थानीय क्लब संघ सस्थाहरुले आयोजना गर्ने शारीरिक सुगठन प्रपियोगिताहरु राष्ट्व्यापी (National wide) नाममा गर्न मिल्ने तर, राष्ट्रिय प्रतियोगिता (National) केवल राखेप वा सम्बन्धित खेलको राष्टिय संघले मात्र पाउने प्रावधान रहेको उनले बताए । नेपालमा शारीरिक सुगठन खेलको चर्चा जहँ चल्छ त्यहाँ शिव गुरुको नाम अवश्य लिने गरिन्छ । नेपालमा शारीरिक सुगठन खेलको पर्यावाची बनेका शिवगुरु पाषणकालदेखि हालसम्म शारीरिक सुगठन खेलको श्री बृद्धिमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाली खेल जगतले सधै उनि प्रति नतमस्तक रहनेछ ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार