७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

शारीरिक सुगठन खेलको नालीवेली तयार गर्ने क्रममा मैले जति जति तथ्यहरु संकलन गर्दै गएँ, एउटा खेलाडीको तथ्यांक देखेर म छक्क परे । कसरी एक जना खेलाडीले झन्डै दुई दशक नेपाली शारीरिक सुगठन खेलमा एक क्षत्र राज गर्न सफल भए । उनि अरु कोही नभएर सचित प्रधान थिए । १६ वर्षको कलिलो उमेर देखि नै डमबेल र वेटहरुसंग मित गाँसेका सचित प्रधान, शारीरिक सुगठन खेलको नेपाली आकाशका उज्याला ताराको रुपमा परिचित छन् ।

Advertisement

वि.सं. २०३२ साल फाल्गुन १२ गते काठमाडौंको मरु टोलमा जन्म भएको थियो । उनले व्यायाम शुरु गरेको केहि समय मै वि.सं. २०५२ को मिष्टर कान्तिपुर शारीरिक सुगठन प्रतियोगिता जितेर आफ्नो उपाधि यात्रा शुरु गरे । त्यस पछि उनले पछाडी फर्कनु परेन । ६३ र ६६ सालका भएको दोस्रो र तेस्रोमा मि. हिमालयमा स्वर्ण पदक तथा ६६ र ७१ सालमा भएको तेश्रो र चौथो मि. हिमालयमा बजन समुहबाट स्वर्ण पदक सहित उपाधि समेत हातपारे। वि.सं. २०५३ सालमा भएको ५ औं देखि वि.सं. २०७१ सम्म तेह्रौ धर्म श्री लगातार ६० के जी बजन समुहमा स्वर्ण पदक ल्याउने उनि एक्ला खेलाडी भएको उनले बताए । त्यस पछिका वि.सं. २०७० सालमा भएको १४औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत स्वर्ण पदक प्राप्त गरे ।

नेपालमा आयोजना हुने साना देखि मि। हिमालय र धर्म श्री जस्ता ठुला प्रतियोगिताहरुका समेत उपाधि पटक पटक उनले उचाली सकेका छन् । नेपालमा शारीरिक सुगठनमा पहिलो पटक अन्तराष्ट्रिय पदक भित्याउने श्रेय समेत उनलाइ जान्छ । वि.सं. २०५६ सालमा भारतको नासिकमा सम्पन्न 1st South Asian Bodybuilding Championship मा उनि लगायत जीवन गिरी र राजु दिवाकरले कास्य पदक जितेर शारीरिक सुगठन खेलको अन्तराष्ट्रिय पदक यात्राको शुरुवात गरे । त्यस पछी पनि उनले नेपाल, भारत र भुटानमा सम्पन्न दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताहरु दोश्रो, तेश्रो, चौथो, सातौ, आठौ र नवौं सस्करणमा तथा दुवाइ र ओमानमा भएको पहिलो र दोश्रो विश्व शारीरिक सुगठन प्रतियोगिताहरु सहभागिता जनाएका थिए ।

साथै उनले इण्डोनेशिया र ओमान मा भएको एशियाली शारीरिक सुगठन प्रतियोगिता समेत सहभागी भई सबै खेलमा कुल जम्मा जम्मी तीन स्वर्ण र तिन कास्य पदक अन्तर्राष्ट्रिय खेलबाट ल्याउन सफल भएको उनले बताए । राष्ट्रिय होस वा अन्तर्राष्ट्रिय प्रतियोगिता प्राय खेलबाट उनी रित्तो हात कहिल्यै फर्कनु परेन । समान्यतया बडी बिल्डरहरु प्रतियोगिताहरु नभएको समयमा खानपानमा खासै परहोज नगर्ने चलन हुन्छ तर उनि जुनसुकै बेला खानपिनमा असाध्यै परहेज गर्ने गरेको उनका सहकर्मी ज्ञान नारायण महर्जन बताउँछन् । वि.सं. २०७१ सालमा भएको ५ औं मिष्टर हिमालय प्रतियोगितामा भएको निर्णयबाट उनको चित्त दुख्यो । त्यस पछिका प्रतियोगितामा सहभागीता जनाउन मन नलागेको उनले बताए ।

शारीरिक सुगठन प्रेमीहरु नेपाली बडी बिल्डरहरु स्मरण गर्दा उनको नाम आज पनि निकै गर्व र सम्मान का साथ लिने गरिन्छ । हामी पनि प्रतिभाशाली अनुशासित खेलाडी सचित प्रधान फेरि स्टेजमा नेपाली संगीतको धुनमा आफ्ने बलिष्ठ शरीर प्रदर्शन गर्दै उपाधी जितेको हेर्न चाहन्छौ । सम्पुर्ण शारीरिक सुगठनलाइ माया गर्ने नेपालीहरु उनको पुन आगमनको प्रतिक्षारत छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल