ताजा अपडेट »

तलब र भत्ता नपाएको बुटवलको कोरोना अस्पतालमा कार्यरत चिकित्सकको गुनासो

मंगलबार, १६ भदौ २०७७, १८ : २३
6 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललेको बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्पतालका चिकित्सकहरुले पारिश्रमिक नपाएको बताएका छन् । अस्पतालमा कार्यरत डाक्टरहरु साहिल भुसाल, पुजन ज्ञवाली, प्रतिमा भण्डारी, विशाल झा, राजेश लिम्बु, सजिमा न्यौपाने, कल्याण रेग्मी, आर्शिवाद अर्याल र सविता अर्यालसहित ९ जना चिकित्सकहरुले पारिश्रमिक नपाएको बताएका हुन् ।

‘विश्व नै कोेरोनाको संकटमा रहेको अवस्थामा आफूहरुले नियमित रुपमा आफ्नो जिम्मेवारी पुरा गरेको उनीहरुले बताए । चिकित्सकहरुले समेत यस घडीमा विरामीको सेवा बाहेक अन्य कुनै कुराहरुको सोच विचार अवस्था नरहेको बेलामा उक्त अस्पतालले आफूहरुलाई नियमित पारिश्रमिक भुक्तानी नगर्ने र सरकारले कोरोनामा काम गर्ने सबै भन्दा अगाडि रहेका स्वास्थ्यकर्मीलाई शत प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएकामा यस अस्पतालले २०७७ आषाढसम्मको भत्ता पनि प्राप्त नभएको हुँदा हामी कोरोना अस्पतालमा कार्यरत डाक्टकरहरुले संयुक्त निवेदन लेखि पेश गरेका छौँ ।’ उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफूहरुले नियमित रुपमा पारिश्रमिक नपाउँदा पारिश्रमिकबाट आश्रित घरपरिवारलाई अप्ठयारो परेको उनीहरुको भनाई रहेको छ । अस्पताल प्रशासनले आफूहरुले पाउनु पर्ने सम्पूर्ण तलब भत्ता अस्पताल प्रशासनले सात दिन भित्रमा भुक्तानी गर्न माग समेत गरेका छन् । अस्पताल प्रशासनले उक्त समयमा पनि आफूहरुको तलब भत्ता भुक्तानी नगरे बाध्य भएर आन्दोलनमा उक्रने उनीको भनाई रहेको छ ।

यता लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुुर भट्टराईले भने असारसम्मको सबै तलब भत्ता दिएको बताए । तर साउन महिनाको तलब भत्ता दिने समयमा अस्पतालको एकाउण्ट शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण भएकाले रोकिएको बताए । ‘असारसम्मको सबै तलब भत्ता दिएको छ उनले ग्लोबल आवाजसँग कुराकानी गर्दै भने साउन महिनाको एकाउण्ट शाखाका कर्मचारीमा कोरोना संक्रमण भएपछि रोकिएको हो उनले अघि भने तलब भत्ता रोकिनुको अन्य कुनै कारण छैन ।’

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।