ताजा अपडेट »

पदाधिकारी नहुँदा विश्वविद्यालयसभा अन्योलमा

सोमबार, ०८ भदौ २०७७, १४ : ५९

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्वीकृत सभाबाट गर्नु पर्दछ । विश्वविद्यालय उपकुलपति विहीन भएको एक वर्ष पुरा भई सकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष वाहेकका पद कायममुकायमका भरमा चलेको छ । गत वर्षको भदौ ७ गतेबाट उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनु भएकी डा। शारदा थपलियका अनुसार सभाको सदस्य सचिव रजिस्ट्रार नै नभएका कारण विश्वविद्यालय सभा हुन नसकेको हो ।

विश्वविद्यालय स्थापना यता ढिलोमा यही भदौ महिनाको पहिलो साता भित्रमा क्याम्पस सभा हँुदै आएकोमा यस वर्ष भने अन्यौलमा परेको उहाँले बताउनुभयो । सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ । तलब भने पेश्कि वजेट दिएर खुवाउन सकिने उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई ६९ करोड वजेट निकासा भएको थियो । ती मध्ये ५० करोड हाराहारी संञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचना समेत निर्माण गर्नु पर्ने भएकाले तीन अर्ब माग गरेको थियो । पूर्ण जिम्मेवारी सहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण कामहरु रोकिएको उहाँले बताउनु भयो ।

रजिस्ट्रार गत माघ १२ गतेबाट र दुईवटा सङकायका डिन गत जेठ १ गतेबाट खाली छ । सेवा आयोजको अध्यक्ष गत साउन पाँच गतेबाट रिक्त भएको छ । निर्देशकहरु मध्ये एक खालि छ । बाँकी रहेका वन सङ्कायका डिन र निर्देशकहरुको कार्यकाल यही पुषमा सकिदैं छ । उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना वनाएर काम गर्न सक्ने छ । विश्वविद्यालयले दीर्घकालिन महत्व राख्ने विभिन्न काम गर्नु पर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्यौलमा परेको छ । विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । वि। सं। २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन विद्यालय स्थापना गरेको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्ने अधिकांश मोटरसाइकल
जिल्लामा निषेधाज्ञा जारी भएको आज दश दिन पुगेको छ । निषेधाज्ञा जारी भएसंगै यसको उल्लङ्घन गर्नेहरुलाई कारवाहि गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाहि गरीएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अवज्ञा गर्दै हिड्नेहरुलाई कारवाहि गरेको हो । उहाँका अनुसार कारवाहिमा पर्नेमा ५० प्रतिशत मोटरसाइकल रहेका छन् ।

विभिन्न वहनामा वजार निस्कन खोज्ने उनीहरुलाई कारवाहि गरिएको हो । कारवाहि स्वरुप १ सयदेखि ५ सयसम्म जरिवाना गरिएको छ । यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन् । अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत अशुल गरेको जनाएको छ । उहाँले भन्नुभयो “विभिन्न वहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री र साईकल यात्री सबैलाई कारवाही गरिएको छ ।” काम बिनानै निस्कनु रोगको जोखिम मोल्नुभएको भन्दै उहाँले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको छ । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण वढ्दै गए पछि गत साउन ३० गते मध्य रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र यही भदौ पाँच गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना सङक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । आजसम्म जिल्लामा ३ सय ४५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । ती मध्ये तीन जनाको अकालमा मृत्यु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।