Jun 6, 2023
बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी भएको शनिबार देखि होम क्वारेन्टिनमा बसेका छन् । पर्साको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई कोरोना पोजेटिभ भेटिपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा बुटवलका मेयर पनि क्वारेन्टिनमा बस्नु परेको उप मेयर गोमादेवी आचार्यले जानकारी गराईन । “उहाँमा कोरोना संक्रमण नभए पनि स्वास्थ्य सुरक्षाका लागि होम क्वारेन्टिनमा बस्नुभएको हो ।” -आचार्यले भनिन् ।
सरावगीको परिवारका २ जना अन्य सदस्यमा पनि कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणको नमुना परीक्षणमा परिवारका २ जना सदस्यमा कोरोना पुष्टि भएको हो । उनका परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रतिकृया दिनुहोस्