ताजा अपडेट »

अर्घाखाँचीमा जुवा खालमा प्रहरीको छापा, रङ्गेहात भेटिएका वडाध्यक्ष फरार

शनिबार, १७ साउन २०७७, २० : ४०
16 Shares


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मा प्रहरीले जुवाखालमा छापा हान्दा केही जुवाडेहरू रङ्गेहात पक्राउ परेका छन । शुक्रबार साझ श्रावण १६ गते सन्धिखर्कको एक होटलमा जुवा खेलिरहेको अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना भेटिएका थिए ।

जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शोभाखर) फरार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

वडाध्यक्ष नारायण खड्का जुवा खेलिरहेको अवस्थामा भेटिएको र प्रहरीले केहीबेरभित्र बाहिर लगेर सोधपुछ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा फरार रहेको प्रहरीको भनाई छ । आफ्नै गाडीमा आउने भनी वडाध्यक्ष खड्काले भनेपनि नआएको पछि हाल फरार रहेको श्रोतको भनाई छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ । एक श्रोतका अनुसार प्रहरीले वडाध्यक्ष खड्कालाई मिलोमतोमा छाडेको र अन्यलाई भने नियन्त्रणमा लिएको बताइएको छ । उनीसँगै रहेको नगद पनि कसैलाई राख्न दिएको तर अरुसँग भएको नगद भने जफत गरिएको श्रोतको भनाई छ ।

हिरासतमा रहेकाहरुले आफुहरुलाई अन्याय भएको बताएका छन । सँगै एउटै खालमा बसेकाहरुलाई प्रहरीले छोडिदिने र हामीलाई भने हिराशतमा राख्ने काम भयो, उनीहरुले भने ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।