१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि शनिबार देखि ठूला सवारीका साधान आवागमन ठप्प भएको छ । लगातारको वर्षाले तिनाउ–३ झुम्सा र पानी मिलको बीचमा पर्ने राजमार्ग भासिएको हो । विहिबार सामान्य चिरा परेको पिच सडक शनिबार १ मिटर तल खस्किएपछि ठूला सवारीका साधान आवागमन ठप्प भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर शिव खत्रीका अनुसार करिब २० मिटर लामो सडकको आधा भाग भित्रि जमिन देखि नै भासिएको हो ।

Advertisement

सडक भासिएपछि तत्कालका लागि बीचबाटोमा अलपत्र परेका ठूला सवारीका साधनलाई गन्तव्यमा पुर्याउन भासिएको ठाउँमा मिस्कटले पुर्ने काम भइरहेको छ । ‘तत्कालका लागि भासिएको सडकमा मिस्कट हाल्ने काम हुँदै छ । यो दिर्घकालीन समाधान भने होइन ।’ ग्लोबल आवाजसँग कुरा गर्दै खत्रीले भने ‘भोली सडकको कुनाबाट कटिङ गर्ने भनेका छौ । कटिङ गर्दा माटो अढियो भने समस्या समाधान होला नत्र समस्या पर्न सक्छ ।’

भासिएको सडकमा अहिले ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन । चार पाङग्रे हलुका सवारीका साधन जेनतेन चल्न सक्छन् । भासिएको ठाउँमा जोखिम रहेकाले चारपाङग्रे हलुका सवारी बाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जानकारी गराएको छ । यो सडकखण्ड हुँदै बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, कास्कीलगायतका ठाउँमा ठूला मालवाहक र यात्रुवाहक सवारी साधन चल्ने गर्छन् ।

हाल सडक भासिएको ठाउँमा विगत १०/१५ वर्ष अघि देखि नै ठूलो पानी परेको अवस्थामा भासिने गरेको स्थानीहरु बताउँछन् । ‘झुम्साको पानी मिल तथा वरपरका सडकहरु पहिले देखि नै भासिरहने समस्या हो ।’ तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले भने हरेक वर्षजसो भासियर यस क्षेत्रमा माथीबाट मिस्कटले पुरेर काम चलाउने बाहेक अन्य भरपर्दो विकल्प खोजिएको छैन ।’ हरेक वर्ष वर्षाको समयमा ज्यान जोखिममा राखेर बुटवल-पाल्पा सडक खण्डमा यात्रा गर्नु पर्ने वाध्यता रहेको छ ।

केही वर्ष पहिले खोलिएका चरङ्गे–झम्सा बाइपास मोटरबाटो पनि मर्मतको अभावमा ठाउँ–ठाउँमा पहिरोले पूरिएर अवरुद्ध बनेको छ । यसैगरी बुटवल नुवाकोट सडकलाई समेत वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भए पनि सम्बन्धित पक्षको ध्यान जान नसकेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था