१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । नेपाली कांग्रेस निकट व्यक्तिहरुको अगुवाईमा रुपन्देहीमा निर्माणाधिन शुद्धोधन बाल उद्यान तोडफोड भएको छ । केही वर्ष पहिलेदेखि समसानघाटको रूपमा रहेको दर्बाह् क्षेत्र गाउँपालिका भन्दा १०० मिटर अगाडि आवाश क्षेत्रले घेरिएको छ । गाउँपालिकाको निर्णय अनुसार समसान घाटको रूपमा रहेको १ विघा जमिनमा १ वर्ष अगाडि बालउद्यान निर्माण गर्ने भनी गाउँपालिकाबाट १ करोड र प्रर्यटन मन्त्रालयबाट ३० लाख बजेट बिनियोजन गरि ठेक्कापट्टा मार्फत काम अगाडि बढेको थियो ।

साथै नयाँ समसान घाट निर्माणका लागि १५ लाख बजेट विनियोजन गरिसेकेको र केही दिनमै काम अगाडि बढाउन लागेको अवस्थामा रहेको बुझिएको छ । केही दिन अगाडि नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका सभापति शेरबहादुर काफ्लेको नेतृत्वमा आएको एक समुहले अहिले रहेको समसान घाटलाई अन्यत्र सार्न नहुने भन्दै विरोध पत्र गाउँपालिकालाई बुझाएका थिए । तत्कालै गाउँपालिकाले वार्ता समिति गठन गरि वार्ता चलिरहेको बेलामा शुक्रबार एक हुल समुहले बाल उद्यान तोडफोड गरी गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै वार्ता समितिका संयोजक वडा नम्बर ५ का वडा अध्यक्ष पुन्य गौतमलाई अभद्र व्यवहार गरेको गाउँपालिका अध्यक्ष किशुनचन चौधरीले बताए ।

साथै वार्ता चलिरहेको बेलामा विकास विरोधि गतिविधिमा कांग्रेसका जिम्मेवार नेताहरूनै लागेकोप्रति आफुलाई दु:ख लागेको बताउँदै निष्पक्ष छानबिन गरि दोषीमाथि कारबाही गर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे