१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

जुम्ला । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्षको जात्रा सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

Advertisement

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने इतिहासिक चलन रहिआए पनि यो वर्ष कोरोना भाइरसका कारण जात्रा नहुने भएको उहाँले बताउनुभयो । शुक्ल प्रतिपदाका दिन शुरु भई कृष्णजन्मअष्टमी गरेर आठ दिनसम्म मनाउने कर्णालीकै इतिहासिक चलन यो कोरोना भाइरसका कारण तोडिने भएको छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहिआएको थियो ।

लिच्छ विकालमा मल्ल राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने चलन रही आएको थियो ।

सिंजामा पनि जात्रा नलाग्ने

खस भाषाको उद्गम स्थल सिंजाको कनकासुन्दरीमा पनि यो वर्ष जात्रा नलाग्ने भएको छ । कनकासुन्दरी गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलन सम्भावना भए पनि जात्रा नलाग्ने भएको हो । गाउँपालिका अध्यक्ष नरविर रावतका अनुसार कोरोना भाइरसको प्रकोप बढ्दो अवस्थामा भएकाले यस क्षेत्रमा जात्रा, पैठ कुनै पनि मेलापर्व नहुने सबै नागरिकलाई सूचित गरिएको छ । उहाँले भन्नुभयो, “जारी सूचना तथा आदेशको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम सजाय गरिने छ ।”

मास्क नलगाएर हिँड्ने कारवाहीमा

बिहीबार सबै नागरिकलाई मास्क बिना बाहिर हिँडडुल नगर्न अनुरोध गरेपनि शुक्रबार मास्क प्रयोग नगर्ने २२ जनालाई कारवाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “केही बालबालिका थिए । उनीहरुलाई मास्कसहित सम्झाएर पठाएको छौँ भने अन्य व्यक्तिलाई रु १०० जरिवाना दिएर कारवाही गरेका छौँ ।” मास्क प्रयोग नगर्ने जो सुकै व्यक्तिलाई कारवाही गरिनेछ । कारवाही गर्नुभन्दा पहिला माक्ससहित उपलब्ध गराएर सम्झाएका छौँ । सम्झाउँदासम्झाउँदै पनि मास्क नलगाउने र सामाजिक दूरी कायम नगरी भीडभाड गर्नेलाई कारवाही गर्ने गरिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो