ताजा अपडेट »

एकैदिन झण्डै ३ लाख संक्रमित, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विहीबार, १५ साउन २०७७, ०८ : ०५
2 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ७१ लाख ७० हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ६९ हजार २ सय ४१ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ६ लाख ८० हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ भने २ लाख ८४ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहान ६ बजेसम्मको तथ्यांक हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१४२८
ब्राजिल -१५५४
रसिया -१६९
बेलायत -८३
इटली -६
भारत -७७९
इरान -१९६
चिली -३८
स्पेन -५
पाकिस्तान -२७
साउदी अरेबिया -२७
मेक्सिको -८५४
टर्की -१४
बंगलादेश -३५
जर्मनी- ५
फ्रान्स -१५
बेलारुस -५
कुबेत -२
युक्रेन -२१
बेल्जियम -११
दक्षिण अफ्रिका -२४०
कोलम्बिया -३८०
इक्वेडर -३९
स्विडेन -९
फिलिपिन्स- १६
ओमान -१०
इजिप्ट -३७
इन्डोनेसिया -७४
कतार -२
पानामा- २५
नेदरल्याण्ड -२
अर्जेन्टिना -१०९
क्यानडा -५
इराक -६८
डेमोसियन रिपब्लिक -२२
इजरायल -५
पोर्चुगल -३
रोमानिया -३०
नाइजेरिया -५
अफगानिस्तान -१
घाना -७
अर्मेनिया -४
बहराइन -३
होन्डुरस -४८
बोलिभिया -७३
अल्जेरिया -१२
माल्दोभ -६
उव्जेकिस्तान -५
मोरक्को -७
अस्ट्रिया -३
केन्या -१२
सर्बिया -७
किर्गिस्तान -१८
स्विजरल्याण्ड -१
जापान -३
अजरबैजान -८
ग्वाटेमाला -५३
पोल्याण्ड -१२
प्यालेस्टाइन -१
नर्थ मेसोडोनिया- ५
बुल्गेरिया -१३
बोस्निया -१९
कोस्टा रिका -८
अस्ट्रेलिया- ९
डेनमार्क -१
इथियोपिया -१४
एल साल्भाडोर -१३
आईभरी कोस्ट -१
मडागास्कर -६
सेनेगल -२
डिआरसी -२
अल्वानिया -२
जाम्बिया -४
लक्जमवर्ग- १
क्रोएसिया -१
पाराग्वे -१
लेबनान -१
लिब्या -९
मोन्टेग्रो -२
हङकङ -१
मोयन्टे -१
जिम्बाबे -१
इस्त्वातिनी -१
काबो भर्डे -१
नामिबिया -१
सिरिया -१
सियरा लियोनी -१
यमन -१
सुरीनाम -२
जर्जिया -१
अंगोला -१
साओ टोमी एण्ड प्रिन्सेस- १
लोसेथो- १
पपुवा न्यू गिनि -१


(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।