१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहित भारतलाई जवाफ पठाएको छ । भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई मँगलबार पत्र पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले जानकारी दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् ।

Advertisement

पत्रमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिको धारा ५, त्यससँग सम्बन्धित नक्सा र ऐतिहासिक प्रमाण अनुसार महाकाली (काली) नदी पुर्वका लिम्पियाधुरा कुती, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भूभाग रहेको र सो भूभागमा नेपालीको आवतजावत स्वाभाविक रहेको र नेपालीको आवागमनमा कहिँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको जानकारी गराउँदछु ।’

दुई हप्ता पहिले धार्चुलाका उप-जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेर दार्चुलाका प्रजिअलाई पत्र लेखेका थिए । भारतले पठाएको पत्रबारे प्रजिअ पोखरेलले गृह मन्त्रालयलमा रिर्पोटिङ गरिसकेका छन् ।

सीमाविद्हरूका अनुसार लिम्पियाधुरा, कालापानी क्षेत्रमा मात्रै भारतले करिब ३९ हजार ५०० हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमिमा कैलाश मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालले त्यसको विरोध गर्दै आएको छ । त्यसअघि १६ कार्तिक २०७६ मा भारतले जारी गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नोतर्फ पारेको थियो । सीमा विवादबारे वार्तामा बस्न नेपालले गरेको प्रस्ताव भारतले अस्वीकार गर्दै आएको छ । भारतले अटेर गरेपछि नेपालले लिम्पियाधुरासहितको आफ्नो प्रशासनिक तथा राजनीतिक नक्सा जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था