२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

सांकेतिक तस्वीर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो ।

त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन भने एउटाको कारण नखुलेको उनले जानकारी दिए । अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको सङ्ख्या घटेको उनले जानकारी दिए । दुर्लभ एकसिङ्गे गैँडा पनि अघिल्लो आवमा धेरै मरेका थिए । त्यसवर्ष ४३ गैँडा मरेका थिए भने गत आवमा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्या २६ रहेको छ ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क ९३ पाटेबाघ रहेको तथ्याङ्क छ । पर्सादेखि वाल्मीकि टाइगर रिजर्भसम्म यो सङ्ख्या १४३ रहेको छ । पर्साको मात्र १८ हो भने बाँकी वाल्मीकि टाइगरको भएको उप्रेती बताउँछन् । पछिल्ला वर्षमा सडक र विकासका नाममा निकुञ्ज र वनमा बनाइने सडक र संरचनाका कारण बाघको बासस्थानमा असर पर्ने गरेको छ । उनले भने, “अतिक्रमण बढ्दै जाँदा बाघ संरक्षणमा जोखिम बढेको छ ।”

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ