२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौँ । भारत धार्चुलाका उपजिल्ला अधिकारीले जुलाई १४ मा गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भएको दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका थिए । त्यसको जवाफ मंगलबार नेपालले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यहाँ जान स्वभाविक रहेकाे र भारतको अनुमति आवश्यक नरहेको जवाफ फर्काएको हो ।‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरूका अनुसार कालीनदी र लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको भू-भाग रहेको कुरा प्रष्ट नै छ। उल्लेखित भू-भाग नेपाली भएको हुँदा नेपालीहरूको आवतजावत हुनु स्वभाविक नै रहेको र त्यसमा कुनै बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारण रहेको जानकारी गराइन्छ।’ प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पठाएको पत्रमा उल्लेख छ ।

केही समयअघि नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । सशस्त्र प्रहरीलाई पनि भारतीय पक्षले गस्तीका क्रममा रोक र अवरोध गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका