Sep 27, 2023
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बझाङका ६५ वर्षिय पुरुष रहेका छन् । उनी दमका रोगी थिए।
असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए । तर गत साउन ९ गते उनको घरमा मृत्यु भयो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् ।
प्रतिकृया दिनुहोस्