ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगी र मतियार ४ लाख घुससहित पक्राउ

मंगलबार, १३ साउन २०७७, १५ : ४५
4 Shares

बुटवल । रुपन्देहीमा मुआब्जा वापतको रकम दिलाउन सहजिकरण गर्ने भन्दै घुस रकम लिदै गरेका दुईजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र निजका मतियार महेन्द्र यादवलाई नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिँदै गर्दा विमानस्थलमा कार्यरत दुईजनालाई सिद्धार्थनगर ५ मा रहेको सेन्चुरी कर्मसियल बैंकको हाता भित्रबाटै अख्तियारले नियन्त्रणमा लिएको हो । सेवाग्राहीबाट ४ लाख घूस लिँदै गर्दा यादवद्वयलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनिहरुलाई बैंकमा रकम लिंदै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गावापत २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने छ । अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।