ताजा अपडेट »

शिर्ष नेताका गतिविधिले नेकपा गम्भीर संकटमा

सोमबार, १२ साउन २०७७, १९ : १६
4 Shares

आम नागरिककको विगत ६० वर्ष देखीको देशमा स्थायी समयका लागि स्थायी सरकार संविधान सभाबाट संविधान जारी भएर सम्पन्न गरिएको २०७४ सालको निर्वाचनले पुरा गरेको वर्तमान परिस्थितिमा आम नागरिक यसकै गतिविधिबाट ज्यादै पिडित र आक्रान्त बनेका छन् । विशेष गरी यस लेखमा नेकपा किन ? बर्वादिको बाटोमा जादै छ र यसका समाधान के हुन भन्ने विषयमा चर्चा गरिनेछ ।

नेपाली जनताले जुन आशा र भरोसा राखेर तत्कालिन ने.क.पा.एमाले र माओवादी केन्द्र बिचको चुनावी एकतालाई निवार्चनमा सफलता दिलाए आज तिनै जनता टाउकोमा हात राखेर बसेका छन् यस्तो परिस्थिती लामो समयसम्म कायम नरहोस् । वर्तमान समयमा नेपाल सरकार र उसको पार्टीका शिर्ष नेताका पछिल्ला गतिविधिले सरकार र पार्टी सञ्चालन गरेका व्यक्तिको उक्त पदमा रहने नैतिक र शैक्षिक योग्यता नपुगेको कुरा प्रमाणित गरेकोे छ । कर्ममा विश्वास गर्ने पार्टीलाई नै कम्युनिष्ट पार्टी भनिन्छ । विश्व परिवारलाई वर्तमान समयमा नेकपाले विश्व कम्युनिष्ट आन्दोलन र विचारलाई ठाडो चुनौति दिएको छ ।

हाल सरकार सञ्चालनमा मुख्य हात रहेका व्यक्तिहरुमा कम्युनिष्ट विचार तथा व्यवहार शुन्य प्रतिशतमा झरेको अवस्थामा यहि सरकारले अगाडि सारेको समृद्धि नेपाल सुखी जनताले व्यहारिक रुपले लिदैन भन्ने कुरालाई स्वीर्कान कुनै हिनताबोध मान्नु पर्ने जरुरी नै छैन् र यसका लागी ओलि सरकार मात्रै जिम्मेवार पनि छैन । यो सरकार गठन भए पश्यात गरिएका हरेक नियर्णहरुलाई आम जनताको सर्वाधिक विरोध र आलोचनाबाट सुधार गरिदै यहाँ सम्मको यात्रामा आईपुगेको छ । जसरी एउटा प्राङग्रालाई सवारी धनीले पटक–पटक रिसोलिङ्ग गरेर चलाउँदा एकदिन अकल्पनीय ठुलो दुर्घटना पर्दछ त्यसैगरी यही तरिकाबाट पार्टी र सरकार सञ्चालन गरियो भने नेपाल एकदिन दर्दनाक दुर्घटनामा फस्ने कुरामा कुनै विवाद छैन् ।

सरकार गठन भएपछिका विभिन्न काण्ड र ति काण्डमा पार्टीका जिम्मेवार व्यक्ति नेतृत्व सक्रिय रुपले सहभागिता रहनुले आम नागरिकमा पार्टी प्रति निरासा तिव्र गतिमा फैलिएको कारणले गर्दा आगामी निवार्चनमा नेताहरुले निवार्चन प्रचारप्रसार कार्यक्रममा टाउँकोमा हेलमेट र बुलेट प्रमाणित सुरक्षा कवच लगाएर हिड्न पर्ने परिस्थिति सिर्जना हुने निश्चित प्राय छ ।

नेकपा कसरी पतनको बाटोमा छ ?
सरकार गठन प्रक्रियामा अधिकांश विवादित पात्रहरुलाई समावेश गरेका कारणले नै विगत देखि नै सरकार विवादमा परेको छ । यसैबिच कार्य सम्पादनका आधारमा जसरी पुराना मन्त्रीलाई विस्थापित र नयाँ ल्याइयो हो त्यही कदमबाट सरकार पतनको बाटोमा अगाडी बढेको गतिलो प्रमाण हो ।

यो सरकारमा केही यस्ता पात्र समावेश गरिएका छन् जसले मन्त्रालय मातहतमा कतिवटा कार्यालय र कर्मचारी रहेका छन्, बताउन पनि सक्दैनन् । जुन आशा र भरोसामा जनताले नेकपालाई विश्वास गरेर निवार्चनमा प्रयाप्त मत दिए त्यो पनि सरकार सञ्चालनका दुई वर्षमा देखा परेका छैनन् । नेकपा पतनको बाटोमा अगाडी बढेको कुराको प्रमाणका रुपमा यही बन्दाबन्दीमा बसेको सचिवालयको बैठकहरुलाई लिन सकिन्छ ।

जहाँ विभिन्न समसामयिक र पार्टीको आगामी कार्यदिशाका बारेमा सहमति कायम हुन नसक्नु र सरकार सञ्चालनमा पार्टीको निणर्य हावी नहुन, कार्यसम्पादनमा पछाडि परेका आफ्ना मान्छे जिम्मेवारी बाट नहटाउनु, पार्टीका सक्रिय सदस्यहरुलाई भुमिका विहिन बनाएर राख्ने, लोकतन्त्रको अशल नियम स्थानीय कमिटी देखी केन्द्रिय कमिटि व्यवहारमा लागु नहुनु, शिर्ष नेतामा जिम्मेवारी बोध नहुनु, पार्टी र सरकारका राम्रा काममा गुटबन्दि शैलीमा आरोप प्रत्यारोपमा शिर्ष नेता आउनुका साथै यी र यस्ता समस्या समाधानको बाटो भनेको जनताको म्यानडेट नपाएको व्यक्तिलाई बेला न को बेला सत्ताको भोक लाग्नुु र यसका लागी विदेशी प्रभुलाई बिन्ती बिसाउनुका कारण नेकपा अब पतनको बाटोमा बढेको गतिलो प्रमाण हो ।

पार्टीमा विरोधको आवाजलाई सुनुवाई गर्न नचाहने प्रवृती र यसका सदस्यहरुले पार्टीलाई आर्यघाटको यात्रामा हिडालेको कुरा आम जनता र नेकपाका सर्मथकले औल्याएका छन् । सरकारले महत्वपूर्ण मन्त्रालयमा जब जागिरे व्यक्तिलाई जिम्मेवारी दिएको छ । सरकारको महत्वपूर्ण मन्त्रालयमा जब जागिरे व्यक्तिलाई जिम्मेवारी दिईयो हो त्यसैबाट सरकारले आफ्नो पार्टीका अर्थशास्त्रीलाई अगाडि बढाउन सक्ने विश्वीव्यापी मान्यतालाई लत्याएर टाउँकोले टेकेर अर्थतन्त्रलाई अगाडि बढाउन खोज्यो यसका कारणले पार्टी र आम नागरिकमा निरासा पैदा भएको छ । निर्मला काण्ड, सुनकाण्ड, ललिता निवास काण्ड, रुकुम काण्ड, गोकुल काण्ड अध्यादेश काण्ड आदि काण्डमा दोषीलाई कार्वाही गर्न नसक्न्नु नेकपा अब पतनकै दिशामा अगाडि बढेको प्रमाण हुन ।

पार्टीलाई पतनहुन बाट कसरी रोक्ने ?
नेकपालाई आकस्मिक दुर्घटनाबाट बचाउनका लागि शिर्ष नेताहरुको बेमौसमी सत्ता मोहको विकल्प खोज्नु तत्कालिन आवश्यकता हो । सरकार सञ्चालनको महत्वपूर्ण पदमा राजनीतिक व्यक्तित्वलाई जिम्मा दिनु पर्दछ ।

ललिता निवास काण्डका नाईकेलाई पनि सदन र पार्टीको साधारण सदस्यबाट विस्थापित गरिनुपर्छ निर्मलाकाण्ड, सुनकाण्ड, रुकुम काण्डमा संलग्नलाई ऐन कानुन परिवर्तन गरेर भएपनि फासिमा चढाउनु पर्छ अनि मात्र आम जनतामा नेकपा प्रति सकरात्मक दृष्टिकोण बन्ने छ । पार्टीमा रहेको बहुपदीय जिम्मेवारीलाई खारेजी गरी एक व्यक्ति एक पदलाई स्थापित गर्नुपर्छ जसका लागी पार्टी एकता गर्दा भएका सहमती दुवै पक्षले पूर्ण रुपमा पालना गर्नु पर्छ ।

आम युवालाई पार्टीमा आर्कषित गर्नका लागि ३० वर्ष भन्दा मुनीका युवालाई पार्टीको सचिवालयमा एक सदस्य स्थायी कमिटीमा ५ सदस्य र केन्द्रिय समितिमा १५ प्रतिशत समावेशको ग्यारेन्टी पार्टीले गनुपर्दछ । प्राप्त बहुमतको सरकारले खुद्रा नियर्ण गरेर जनतालाई निरासा र भय पैदा गराउने वातावरण पैदा गरेकोले सम्रगमा सरकारको मन्त्रालयमा रहेका केही मन्त्रीको नेतृत्व परिवर्तन गरेमा मात्र नेकपा सम्भावित दुर्घटनाबाट बच्न सफल हुनेछ ।

अन्त्यमा ओलिको विकल्प समस्या समाधनको अचुक उपाय नभएकाले उनले ५ वर्ष सत्ता चलाउन पाउनु पर्छ । किनकी जनताले ओलीको देशप्रेमलाई विश्वास गरेको कारणले नेकपाले बहुमत प्राप्त गरेको हो । सरकार सञ्चालनका विषयमा केही गल्ती भएका छन तर ति गल्तीको दोषि ओली मात्रै नभएर उनको पार्टीका शिर्ष नेताहरु तथा सबै सहयात्री जिम्मेवार छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।