२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । कोरोनाको महामारीका कारण समस्यामा परेका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई पोर्चुगलमा रहेका एक नेपालीले निःशुल्क खाना खुवाएका छन् । बाग्लुङ दमेकका ४६ वर्र्षीय टंक सापकोटाले कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका पोर्चुगलका निम्न बर्गीय परिवारलाई निःशुल्क खाना खुवाएका हुन् । इटालीयन सेफका रुपमा चर्चित सापकोटाले ‘एक महिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर राजधानी लिस्बनका निम्न बर्गीय परिवारको घर–घरमै पूगेर निःशुल्क खाना खुवाएका हुन् ।

Advertisement

लिस्बन महानगरका २५ सय परिवारका १० हजार ५ सयलाई निःशुल्क खाना खुवाईएको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका बिपन्न परिवारलाई निःशुल्क खाना खुवाईएको हो । कोरोनाको महामारीबाट प्रभावित भई समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्धेश्यले निःशुल्क खाना खुवाईएको सापकोटाले बताए । “हामी एक्लैले संसार बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं” भन्ने सन्देशका साथ सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरि १० हजार ५ सय पिज्जा निःशुल्क खुवाएका हुन् । गत १६ जुन देखि शुरु भएको एक महिने निःशुल्क खाना अभियान बिहीबार सम्पन्न भएको हो ।

बिपद्को समयमा उदाहरणीय काम गरौं र सकारात्मक सन्देश प्रवाह गरौं भनेर परोपकार र बिशुद्ध सेवाभावको उद्धेश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए । २५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । सापकोटा पाोर्चुगलका एक सफल व्यवसायी पनि हुन् । घुम्ती रेष्टुरेन्ट कै रुपमा सञ्चालित उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका थिए । सापकोटाको उक्त अभियानको ब्यबस्थापनमा भने अर्का नेपाली ब्यबसायी लक्ष्मी प्रसाद सापकोटाले सघाएका थिए । खानाको तयारी देखि लिएर पिज्जा पकाउने सबै काम फिल्ड बाटै गरिएको उनले बताए ।

ताजा र गुणस्तरयुक्त खाना खुवाउने अभिप्रायले घुम्ती रेष्टुरेन्ट सञ्चालन गरिएको सापकोटाको भनाई छ । खाना बितरणको ब्यबस्थापन र संयोजन भने महानगरले गरेको उनले बताए । महानगरका केही सरकारी कर्मचारी सहित करिब ५ सय स्वयंसेवकले स्वतस्र्फूत रुपमा उक्त अभियानमा सहभागी भएको सापकोटाले बताए । महानगरले उपलब्ध गराएको सूचिका आधारमा न्यून आय भएका बिपन्न परिवारलाई खाना बितरण गरिएको सापकोटाले बताए । एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् करिब एक करोड २० लाख नेपाली रुपैयां खर्च भएको सापकोटाको भनाई छ । सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरी पाँच रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

सापकोटाले सञ्चालन गरेका र्फोनोे दी ओरो रेष्टुरेन्ट विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरेन्ट मध्येको एक हो । सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरि ल्याएका बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । उनले इटालियन खानामा प्रर्दशन गरेको कला र प्रतिभा कै कारण दर्जनौं पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश