२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय संस्था रोटरीद्वारा रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच अन्तर्गतका अध्यक्ष तथा पदाधिकारीहरुलाई क्लब अफिसर्स तालिम(COTS) प्रदान गरिएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच अन्तरगतका रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ रुपन्देही, रोटरी क्लब अफ मणिग्राम र रोटरी क्लब अफ देवदहका अध्यक्ष तथा पदाधिकारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

Advertisement

तालिममा प्रत्येक क्लबबाट अध्यक्ष, सचिव र कोषाध्यक्षहरु लगाएत पाँच एभेन्युज चेयरहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा यस क्षेत्रका सबै क्लबहरुलाई एकैपटक सहभागि गराउँदै आएकोमा यस वर्ष भने कोरोना सतर्कतालाई मध्यनजर गर्दै रिजन पाँच अन्तरगतका २६ वटा क्लवलाई ६ वटा समुहमा विभाजन गरि तालिम (सेमिनार) प्रदान गरिएको रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच, जोन-१८ का एसिष्टेण्ट गभर्नर तथा कार्यक्रम संयोजक ध्रुवकुमार धितालले बताए।

तालिममा रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँचका तालिम उपसमितिका चेयर लक्ष्मण ज्ञवाली, जोन- २० का एसिष्टेन्ट गभर्नर राजकुमार गुप्ता, रिजन ५ का रिसोर्स पर्सनहरु नरबहादुर श्रीस, राजेन्द्रबहादुर जीसी र खिमबहादुर कार्कीले सहजिकरण गरेका थिए । सो अवसरमा बोल्दै कार्यक्रम संयोजक ध्रुवकुमार धितालले तालिममा लिएको ज्ञान सीपलाई व्यबहारमा उतार्दै सामाजिक काममा लगाउन आग्रह गरे । सेमिनारलाई प्रबिधमार्फत भर्चूअल रुपमा रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर राजिव पोखरेल तथा तालिम कमिटी चेयर राजेन्द्र शाक्यले समेत सम्बोधन गरेका थिए ।

तालिम कार्यक्रम रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भूर्तेलको अध्यक्षता, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष गौतम भुसालको सञ्चालन रोटरी क्लब अफ देवदहका अध्यक्ष कुलप्रसाद पौडेलकोे स्वागत र रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष कृष्णप्रसाद नेपाललको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । सेमिनारमा जोन-१९ का एसिष्टेण्ट गभर्नर खिमानन्द भुसाल तथा जोन २१का एसिष्टेण्ट गभर्नर हरि प्रसाद पौडेलको समेत अतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?