ताजा अपडेट »

कोरोना संक्रमित ऐश्वर्याका आमाछोरी अस्पताल भर्ना

शनिबार, ०३ साउन २०७७, १२ : ३०

काठमाडौ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई गत आइतबार कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

न्युज एजेन्सी पीटीआईले अस्पतालको स्रोत उधृत गर्दै ऐश्वर्या र उनकी छोरीलाई चिकित्सकको हेरचाह आवश्यक भएकाले अस्पतालमा भर्ना गरिएको हो। तर उनीहरूको अवस्था अहिले ठीक छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।