ताजा अपडेट »

थप १०१ जनामा कोरोना, २८५ जना संक्रमित डिस्चार्ज

शुक्रबार, ०२ साउन २०७७, १६ : ३२
2 Shares

बुटवल । नेपालमा शुक्रबार मात्रै थप १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १०१ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

योसँगै संक्रमितको कूल संख्या १७ हजार ४४५ पुगेको छ । संक्रमितहरु मध्ये ५ हजार ८७१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरी थप २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ५३५ पुगेको छ । हालसम्म कोरोनाबाट संक्रमितहरु मध्ये ६६.१२ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका बिभिन्न क्वोरिन्टनमा २२ हजार ७५६ रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।