२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

फाइल तस्वीर


कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् ।

मौर्य सम्राट् अशोक रुमिनदेई९रुपन्देही०स्थित शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो । आजभन्दा एक हजार ७७० वर्षअघि गोटिहवा अस्तित्वमा रहेको पुरातत्वविद्ले बताएका छन् । नेपालमा रहेका तीन अशोक स्तम्भमध्ये गोटिहवाको एक हो । लुम्बिनी विकास कोषले संरक्षणमा ध्यान नदिँदा स्तम्भ कमजोर बन्दै गएको छ । स्तम्भ भएका ठाउँमा खाल्टो रहेकाले पानी जमेर ३ फिट डुबेको स्थानीय पत्रकार मनोज श्रीवास्तवले बताउनुभयो । पानी बढी पर्दा स्तम्भ ५ फिट जति डुब्ने गरेको छ । करीब १० फिट ८ इञ्च लामो स्तम्भ एक दशकदेखि डुब्दै आए पनि सरोकार निकायको खासै ध्यान जान सकेको छैन ।

पाँच वर्षअघि तल्लोतिरको ५ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरी स्तम्भ संरक्षण गरिएको थियो । माथिको भाग खुला छ । हावापानी र घाम तथा धुवाँधुलोको प्रदूषणले स्तम्भलाई थप कमजोर बनाउँदै लगेको छ । वर्षात्मा स्तम्भ दुईतीन महिना पानीमा डुब्ने गर्छ । जमीनको सतहसँग बराबर रहेकाले स्तम्भ डुब्ने गरेको हो । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइँदै गरेको कोष योजना प्रबन्धक सरोज भट्टराईले बताउनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ