२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७७/७८ को कर २०७७ असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्षको कर, दस्तुर र सेवा शुल्कलाई नयाँ आर्थिक वर्षमा पनि निरन्तरता दिएको नगरपालिकाले स्थानीय आर्थिक ऐनअनुसार कर छुटको व्यवस्था गरेको हो ।

Advertisement

यस्तै २०७७ पुस मसान्तभित्र कर बुझाउने करदाताले ५ प्रतिशत छुट पाउने नगरपालिकाले जनाएको छ । हरेक चालु आर्थिक वर्षको कर सोही आर्थिक वर्षमा तिर्नुपर्ने भए पनि कोराना महामारीको कारण आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने कर २०७७ असोज मसान्तसम्म बुझाएमा करमा हर्जाना नलाग्ने व्यवस्था नगरपालिकाले मिलाएको छ । तर अघिल्लो आर्थिक वर्षको कर कार्तिक १ पछि बुझाएमा २५ प्रतिशत हर्जाना लाग्ने नगरपालिकाले वडा कार्यालयहरुलाई गरेको परिपत्रमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ भन्दा अघिल्ला आर्थिक वर्षको कर चालु आर्थिक वर्ष बुझाउन ल्याएमा लाग्ने कर रकमको ५० प्रतिशत रकम हर्जाना लाग्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक ऐनमा एकल महिलाको नाममा रहेको सम्पत्ति, कम्तिमा ५० जना नेपाली नागरिकलाई रोजगार दिने उत्पादनमुलक चालु उद्योगको नाममा रहेको सम्पत्तिमा लाग्ने करमा १५ प्रतिशत छुट दिने व्यवस्था छ ।

यस्तै कृषि उपज उत्पादन तथा पशुपंक्षीपालन व्यवसाय, महिला मात्र सदस्य भएको सहकारी संस्थाको व्यवसाय र वातावरण प्रदुषण कम गर्ने प्लाण्ड जडान गर्ने उद्योग एवं उत्पादन प्लाष्टिकको सट्टामा कपडा वा कागजमा प्याकिङ गर्ने उद्योगलाई लाग्ने व्यवसाय करमा ५० प्रतिशत छुट दिने नगरपालिकाको व्यवस्था छ । अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योग व्यवसायमा लाग्ने व्यसाय करमा शतप्रतिशत छुट सुविधा नगरपालिकाले दिएको छ ।

यसैबीच तिलोत्तमा नगरपालिकाले यहीँ साउन १ र २ गते नगर कार्यपालिका र वडा कार्यालयबाट राजस्व संकलन कार्य नभएको जनाएको छ । राजस्वको सफ्टवेयर अपडेट गर्नुपर्ने भएकोले दुई दिन राजस्व संकलन कार्य बन्द रहेको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका