२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । गुल्मीको रुरु क्षेत्रबाट बसाइँ सरी रुपन्देही झरेका समाजसेवीहरुको साझा संस्था रुरु मिलन केन्द्र, बुटवल हो । लामो समयदेखि यो संस्थाले सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ । बुटवलमा रहेर आफ्नो पुख्र्यौली थलो रुरु क्षेत्रको विकास र उन्नतिका निम्ति क्रियाशील यो संस्थाले बुटवल क्षेत्रमा समेत आर्थिक,सामाजिक,सांस्कृतिक,पुरातात्विक एवम् पर्यटन प्रवद्र्धनका क्षेत्रमा विशेष योगदान गर्दै आएको छ ।

बुधवार बुटवलमा सो संस्थाले मानवीय सेवामा क्रियाशील रहेर रक्तदान गरेको छ । कोरोनाका कारण रगतको अभावलाई पूर्ति गर्नका लागि रुरु मिलन केन्द्रले ३४ पिन्ट रक्तदान गरेको थियो । रुरु मिलन केन्द्रका महिला दिदीबहिनीहरुले रगतका कारण कसैको अकालमा मृत्यु नहोस् भनी रक्तदान गरिएको सो मिलन केन्द्रकी अध्यक्ष जमुना सुवेदी पोखरेलले बताइन् । साथै नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रकाशन गरेको भित्तेपात्रो (क्यालेण्डर)समेत प्रकाशन गरी विमोचन गरी आफ्नै सबै सदस्यहरुलाई वितरण गरेको छ ।

सो कार्यक्रमको प्रमुख अतिथि एवम् मिलन केन्द्रका सल्लाहकार ऋषि भण्डारीले रुरु मिलन केन्द्र, बुटवल सामाजिक संस्था रहेको र यसले विगत लामो समयदेखि यस्तै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेकपा बुटवल नगरकमिटी अध्यक्ष बाबुराम पन्थी,नेपाली काङ्ग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेय,संस्थाकी संस्थापक अध्यक्ष राधा ज्ञवाली,उपाध्यक्ष रमा पाण्डेय,सचिव अनुपमा श्रेष्ठ,सामाजिक अभियन्ता कृष्ण चौहान लगायतले रुरु मिलन केन्द्रको उन्नति र प्रगतिको कामना गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?