ताजा अपडेट »

रुपन्देहीमा सर्पले डसेर ८ वर्षीया बालिकाको मृत्यु

बुधबार, ३१ असार २०७७, १९ : ४१
12 Shares

बुटवल । रुपन्देहीमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–११ का रामकिसुन चौधरीकी ८ वर्षीय छोरी लक्ष्मी चौधरीको सर्पले डसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

बालिकालाई मंलबार राति आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टाउकोमा डसेको थियो । लगत्तै उनलाई उपचारको लागि भैरहवाको भिम अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।