१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ । चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ । उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ ।खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हँुदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ । डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन । बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन । त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इञ्जीनियर विजयकुमार महतोले बताउनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे