१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । यस वर्ष मुलुकमा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्षको तुलनामा इन्धन आयात १० प्रतिशत घटेको हो।

Advertisement

गत वर्ष १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको २९ लाख किलोलिटर आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । यो वर्ष निगमले इन्धन खरिद गरे बापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई एक खर्ब ४७ अर्ब रुपैयाँ बुझाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको र कोभिड–१९ को असरले मुलुक लकडाउन हुँदा इन्धन आयात घटेको हो ।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको र लकडाउनका कारण इन्धन आयात कम भएको जानकारी दिए । यो वर्ष आयातमा १० प्रतिशतले घटेर १ खर्ब ४७ अर्ब रुपैयाँ इन्धन आयात भएको साहको भनाई छ । यो वर्ष डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र खाना पकाउने एलपी ग्यास गरेर २६ लाख किलोलिटर आयात भएको निगमको भनाइ छ । इन्धनमा नेपाल शतप्रतिशत भारतमा निर्भर छ । यस वर्ष इन्धन आयात घटेपछि व्यापार घाटा कम हुने भएको छ । झन्डै दुई खर्बको इन्धन आयात हुँदा यसले मुलुकको व्यापार घाटा बढाएको थियो ।

निगमको वार्षिक इन्धन कारोबार घटे पनि १० अर्ब ८६ करोड रुपैयाँ नाफा हुने निगमको अनुमान छ । गत वर्ष आठ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो वर्ष दुई अर्ब ११ करोड रुपैयाँ नाफा बढेको हो। निगमले आव ०७३/७४ मा ९ अर्ब ४५ करोड, आव ७४/७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो । निगमले चालू आर्थिक वर्ष करसहित दुई खर्ब ४० अर्ब रुपैयाँको कारोबार गरेको छ । गत वर्षको तुलनामा ३६ अर्ब रुपैयाँ कम कारोबार भएको हो ।

गत वर्ष २ खर्ब ७६ अर्ब रुपैयाँ कारोबार गरेको थियो । निगमले मूल्य वृद्धि गरेपछि विरोध भइरहेका बेला निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको दाबी गरेको छ । निगमले एक वर्षको अवधिमा पाँचपटक मूल्य वृद्धि गरेको छ भने पाँचपटक मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार दुई रुपैयाँभन्दा बढी घटाउन नमिल्ने भए पनि अप्रिल १ तारिखमा सञ्चालक समितिबाट निर्णय गराएर लिटरमा १० रुपैयाँ मूल्य घटाएको थियो । अहिले पेट्रोल मूल्य लिटरमा एक सय दुई रुपैयाँ, डिजेल ८८ रुपैयाँ र एलपी ग्यासको मूल्य सिलिन्डरको एक हजार तीन ७५ रुपैयाँ रहेको छ ।-कारोबारबाट

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था