ताजा अपडेट »

विपद् पत्रकारिता सञ्जाल गठन

मंगलबार, ३० असार २०७७, २१ : ५८
26 Shares

काठमाडौं । क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का अध्यक्ष अमिका राजथलाका संयोजकत्वमा विपद् पत्रकारिता सञ्जाल गठन गरी आज अनलाइनमार्फत सार्वजनिक गरिएको छ ।सञ्जालमा डब्लुडब्लुजेमा आबद्ध मिडिया सञ्चालक पत्रकार रहनुभएको छ । सञ्जालकन सहसंयोजकमा दुर्गा अधिकारी तथा सदस्यमा निर्मला आचार्य, कल्पना तिवारी, देवी सापकोटा र दुर्गादेवी भण्डारी रहनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विपद्मा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने भएको हुँदा सञ्जाल शुरु गर्नु राम्रो कार्यको थालनी भएको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीका कारण दुई हजार पधमनर विस्थापित भएको हुँदा जीवनयापनमा समस्या भएको सुनाउनुभयो । विपद्मा परेका पत्रकारलाई सहयोग गर्न महासङ्घ र अन्य संस्था मिलेर आजै रु एक करोड राशिको विपद् पत्रकार कोष खोलिएको समेत अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

सञ्जालका संयोजक राजथलाले विपद्मा परेका पत्रकारको सहयोग र विपद्मा कसरी काम गर्ने भनेर सञ्जालमन रुपमा काम शुरु गरिएको जानकारी दिनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।