Jun 9, 2023
सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ। सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो।
कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ। उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले बताए। हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। सांसदमा नै कोरोना पुष्टि भएपछि संसद बैठकबारे पनि सोच्नुपर्ने अवस्था आएको सभामुख शाहीले बताए। संसद अधिबेशन सुरु हुनुभन्दा अगाडि गरिएको पिसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिकृया दिनुहोस्